२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटामा जलपक्षी गणना

२०७४, २८ पुष शुक्रबार ०८:३०

पुस २८,कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ । 


विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् । 

प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, सिसिडिया पाँच र गंगा चिल एकलगायतका प्रजाति फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो । 

सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको संख्या प्रतिवर्ष बढ्दोरुपमा रहेको उहाँले बताउनुभयो । उत्तरी ध्रुवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्छन् । 

हिउँदका बेला साइबेरियालगायत क्षेत्रमा चिसो अत्यधिक हुने र आहारको कमी हुने भएकाले जाडो छल्नका लागि यसतर्फ चराहरु आउने गरेका हुन् । यसै क्षेत्र भएर जलपक्षी भारत, बंगलादेश र श्रीलंकालगायतका देशमा समेत जाने गरेका छन् । 

निकुञ्जको रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा जलपक्षीकोे चहलपहलमा बढोत्तरी भएको छ । प्रतिवर्ष कात्तिकदेखि नै आगन्तुक चरा यहाँ आउने क्रम शुरु हुन्छ । 

सिमसार क्षेत्रमा बच्चा कोरलेर चरा चैतदेखि जेठसम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । निकुञ्जमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको गणनामा संलग्नको भनाइ छ । 

गणनाका क्रममा एउटै तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ देखापरेका छन् । शुक्लाफाँटा निकुञ्जसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, दोदा स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत जलपक्षीको चहलपहलमा वृद्धि भएको छ । 

गणनाका क्रममा देखापरेका केही हाँस प्रजाति, बकुल्ला प्रजाति, जलेवा, सारस, हुटिट्याउँलगायत रैथाने प्रजातिका हुन् भने हाँस, बकुल्ला प्रजातिका अधिकांश चरा आगन्तुकका रुपमा रहेका छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा ४२४ प्रजातिका चरा पाइने गरेका छन् । 

जसमध्ये सारस, खरमजुर, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडीफोर चरा यहाँ पाइने गरेको छ । जलपक्षी गणनामा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन र चरा विशेषज्ञ हेमसागर बरालको संलग्नता रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा