२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

घर निर्माण सम्बन्धी सचेतना फैलाउँदै प्राविधिकहरु

२०७४, ३० पुष आईतवार १४:२२

पुस ३०, कालिकोट । कालिकोट जिल्लाका विभिन्न निकायमा कार्यरत प्राविधिहरुले भुकम्पीय जोखिम न्यूनिकरणका लागि सुरक्षित घर निर्माण गर्न सचेतना जोगाँउदै सडकमा ओर्लिएका छन् । 

भुकम्पीय जोखिमको हिसाबले कालिकोट जिल्ला उच्च स्थानमा छ । २० औ राष्ट्रिय भुकम्प दिवसको अवसर पारी सचेतना जोगाउँदै कालिकोटका प्राविधिकहरु सडकमा ओर्लिएका हुन् ।

डिभ्लोमा ईन्जिनियरिङ एसोसिएसनको आयोजना तथा ग्रामीण पुनिर्माण संस्था आरआरएनको सहयोगमा आईतबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा भुकम्प प्रतिरोधी घरको नाक्साहरुसहित ¥याली गरिएको छ । ‘सवल समुदाय स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नारासहित कालिकोटका प्राविधिकहरुले नाराबाजी नै गरेका छन् ।


जिल्ला समन्वय समिति संयोजक अनिपाल शाही, खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल लगायत जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमूख एवं प्रतिनिधिहरुको सहभागिता रहेको उक्त ¥यालीमा सडकबाटै भुकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना जोगाउले डिभ्लोमा ईन्जिनियरिङ एसोसिएसन कालिकोटका अध्यक्ष कम्बर बमले जनाए ।

उनले कालिकोट जिल्लामा रहेको अधिकांश सरकारी तथा नीजि भौतिक संरचनाहरु भवन निर्माण आचारसंहिता पालना नगरेको बताउँदै अबका दिनमा निर्माण हुने भौतिक संरचनाहरु भुकम्प प्रतिरोधि निर्माण गर्नका लागि नागरिकहरुलाई सचेत बनाउनका लागि जिल्लामा कार्यरत प्राविधिकहरुले पहल थालेको बताए । ग्रामीण पुर्ननिर्माण संस्थाका कार्यक्रम संयोजक लिला न्यौपानेले नागरिक सचेतनाका लागि प्रदर्शन गरिएका नमूना भुकम्प प्रतिरोधि घरका नक्साहरु भौगोलिक हिसाबमा तीन प्रकार हिमाल, पहाड, तराई र संरचनागत रुपमा दुई प्रकार पक्की र कच्ची घरका नक्साहरु प्रदर्शन तथा बजार आसपासका क्षेत्रहरुमा टाँसिएको बताए ।

माघ २ गते मनाईन लागिएको २० औ राष्ट्रिय भुकम्प दिवसकै अवसरमा डिभ्लोमा ईन्जिनियरिङ एसोसिएसनको आयोजना तथा खाँडाचक्र नगरपालिकाको सहयोगमा जिल्लाका सरोकारवालाहरुलाई भवन निर्माण आचारसंहिता सम्बन्धि अभिमुखीकरण गरिएको छ । 

कालिकोट जिल्लाको भुगोल सुहाउँदो भुकम्पीय जोखिम न्यूनिकरणयुक्त घर कसरी निर्माण गर्ने ?, भवन निर्माण आचारसंहिता भित्र के–के कुराहरु छन्, भुकम्प प्रतिरोधी घर निर्माण गर्दा र परम्परागत घर निर्माण गर्दा लाग्ने लागत लगायतका बिषयमा जिल्लाका निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय लगायतका सरोकारवालाहरुलाई प्रशिक्षण दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला