2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुला दिसामुक्त अभियान, पच्चीस जना पक्राउ

माघ ४, सुनसरी | सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब ग सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् । 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुला दिसामुक्त कार्यक्रमलाई सघाउँदै आएको नारी विकास संघसंस्था सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले ती मानिसलाई खुला स्थानमा दिसापिसाब गरिरहेको अवस्थामा फेला पारेर बिहानै पक्राउ गरेको अभियानकर्मी ललिता लम्सालले जानकारी दिनुभयो । 

जिल्ला सरसफाइ अभियानसँगै लामो समयदेखि मिशन ओडिएफ अभियानमा सक्रिय डिभिजन कार्यालयका अभियानकर्मीहरु ललिता लम्साल, सुजाता शाक्य, तारा कार्की, मनु सिलवाल नारी विकास संघकी अभियानकर्मी सरिता खनाल तथा सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ समितिका पदाधिकारीले ती मानिसलाई नियन्त्रणमा लिएका हुन् । 

प्रहरीसहितको मिशन ओडिएफ टोलीको नियन्त्रणमा रहेका ती सबै स्थानीयवासीलाई खुला स्थानमा दिसापिसाब गर्नाले पुग्ने हानि तथा समाजमा पुग्ने प्रतिकूल असरका विषयमा सम्झाई तत्काल चर्पी निर्माण गरेर त्यही स्थानमा दिसापिसाब गर्नाले आफू परिवार र समुदायमा पुग्ने फाइदा आदिका विषयमा ज्ञान दिएर चर्पी बनाउने प्रतिबद्धता गराएर छाडिएको मिशन ओडिएफ अभियानकर्मी लम्सालले जानकारी दिनुभयो । 

सुनसरी जिल्लाका अधिकांश गाउँ तथा नगरमा चर्पी निर्माण गरेर प्रयोगमा ल्याइसकिएको तथा पछिल्लो समयमा भोक्राहा गाउँपालिकाको नरसिंह कोशी गाउँपालिकाको श्रीपुर गढी गाउँपालिकाको छिटाहा इनरुवा नगरपालिकाको डुम्राहा र बराह नगरपालिकाको महेन्द्रनगर खुल्ला दिसामुक्त हुन बाँकी रहेकाले ती सबै गाउँलाई पनि चाँडै खुला दिसामुक्त घोषित गर्न मिशन ओडिएफ अभियान चलाइँदै आएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई