2026-08-26 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा एकसय ५५ साक्षरता कक्षा

माघ १२, इनरुवा | सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । 

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । 

जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक शिक्षाअन्तर्गत साक्षरता कक्षा तथा निरन्तर सिकाइ कक्षा शुरु भएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका, इटहरी र धरान उपमहानगरपालिका, बर्जु, गढी, हरिनगरा, भोक्राहा, कोशी तथा देवानगन्ज गाउँपालिकाका विभिन्न वडामा गरी १५५ स्थानमा निरन्तर सिकाइ कक्षा सञ्चालन भएको सुवेदीले बताउनुभयो । कक्षामा सहभागी हुने तथा कक्षा लिनका लागि आउनेलाई स्टेशनरी, पाठ्यपुतकसहितका शैक्षिक सामग्री वितरण गरेर कक्षा सञ्चालन गरेको हो । 

विभिन्न ठाउँमा २१ ओटा सामुदायिक सिकाइ केन्द्रमार्फत कक्षा आयोजना गरेको जिल्ला शिक्षा कार्यालय, सुनसरीले जनाएको छ । सुवेदीका अनुसार एउटा कक्षामा २० जनाका दरले जम्मा तीन हजार १०० भन्दा बढी मानिस सहभागी भएर साक्षर बन्नेछन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ