१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा जाँदै गरेको जीप धनुषामा दुर्घटना, ६ जनाको मृत्यु

१३ माघ २०७४, शनिबार ०४:५६

माघ १३, धनुषा । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २: ३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


काठमाडौँबाट झापाका लागि ११ यात्रु बोकेर हिँडेको टाटा सुमो दुर्घटनामा परी संखुवासभा, धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जिबी, विराटनगर–४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रह्लाद न्यौपाने, मोरङ, लेटाङ– ८ का खेमकुमार राना मगर र पाँचथर, रवि गाउँपालिका– ६ का प्रनिता राईको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरिएको प्रहरी निरीक्षक माधवराज काफ्ले जानकारी दिनुभयो । घाइतेको उपचार गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजारस्थित दुखनी देवी अस्पतालमा भइरहेको छ । जीपका चालक झापा, कमला गाउँपालिका– ५ बस्ने २८ वर्षीय सुदीपप्रसाद पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार