२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा जाँदै गरेको जीप धनुषामा दुर्घटना, ६ जनाको मृत्यु

२०७४, १३ माघ शनिबार ०४:५६

माघ १३, धनुषा । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २: ३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


काठमाडौँबाट झापाका लागि ११ यात्रु बोकेर हिँडेको टाटा सुमो दुर्घटनामा परी संखुवासभा, धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जिबी, विराटनगर–४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रह्लाद न्यौपाने, मोरङ, लेटाङ– ८ का खेमकुमार राना मगर र पाँचथर, रवि गाउँपालिका– ६ का प्रनिता राईको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरिएको प्रहरी निरीक्षक माधवराज काफ्ले जानकारी दिनुभयो । घाइतेको उपचार गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजारस्थित दुखनी देवी अस्पतालमा भइरहेको छ । जीपका चालक झापा, कमला गाउँपालिका– ५ बस्ने २८ वर्षीय सुदीपप्रसाद पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ