५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुँदै

१८ माघ २०७४, बिहीबार १०:५२

 माघ १८, काठमाडौँ | आर्थिक गतिविधिलाई बढावा दिन तथा व्यवसाय सञ्चालनका विवाद तत्काल निरुपण गर्न मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुने प्रायः पक्का भएको छ । 

मुलुकी ऐन देवानी संहिताले व्यापार–व्यवासाय सञ्चालनका क्रममा सम्बन्धित व्यक्ति वा कम्पनीले करारका शर्तअनुरुप सेवा वा साधन प्रवाह÷आपूर्ति नगरे कानूनअनुसार क्षतिपूर्ति दिइने व्यवस्था गरेको छ । 

नेपाल–अमेरिका उद्योग वाणिज्य संघले आज राजधानीमा आयोजना गरेको ‘नेपालमा क्षतिपूर्ति कानूनको आवश्यकता’ विषयको कार्यशालामा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उक्त संहिता कार्यान्वयनका निम्ति भदौभित्रमा आवश्यक कानून पारित हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले उक्त संहितामा ‘कानूनअनुसार क्षतिपूर्ति दिइने’ जस्ता अस्पष्टता नयाँ कानूनले चिर्ने बताउँदै आमनागरिकलाई क्षतिपूर्ति सम्बन्धमा जागरुक तुल्याउन अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । 

यहाँस्थित अमेरिकी दूतावासका प्रमुख माइकल सी गोन्जालेसले नेपालको आर्थिक विकास र समृद्धि अमेरिकाको प्राथमिकता भएको स्पष्ट गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नति गर्न अमेरिकी सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संघका अध्यक्ष किरणप्रकाश साखःले सुरक्षित व्यवसाय सञ्चालन तथा जोखिम व्यवस्थापनका निम्ति क्षतिपूर्तिको कानूनी प्रावधान अत्यावश्यक भएको बताउँदै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न त्यस्तो ऐन व्यवसायका निम्ति प्राणवायु बनेको जिकिर गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ