पढ्न करिब 1 मिनेट लाग्छ

माघ २३, गोरखा । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गोरखा नगरपालिकाको १२ किलो बजार नजिकै भएको ट्रयाक्टर दुर्घटनामा भिमसेन गाउँपालिका सिक्रेका रञ्जन नेपालीको ज्यान गएको हो । घटनामा गोरखा नगरपालिका–१, ताप्लेका कृष्ण नेपाली र शिव नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भैरहेको छ । ग १ त ३२९४ नम्बरको ट्रयाक्टर गोरखा नगरपालिका वडा नम्बर ११ को घुलघुले खोलाको मोडबाट २५ मिटर तल खसेको हो ।

तीब्र गतिका कारण नियन्त्रण गुमाउँदा ट्रयाक्टर मोडबाट पल्टिएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।