२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पुरानो भालुवाङ बजारमा उपभोक्ता समिती गठन

२३ पुष २०७२, बिहीबार १२:०६

सन्तोषकुमार गुप्ता । २३ पुस, भालुवाङ । लालमटिया—३ स्थीत पुरानो भालुवाङ्ग बजारको दायाँबायाँ नाली निर्माणका लागि आईतबार हनुमानगढी मन्दिरमा भएको भेलाले नाली निर्माण उपभोक्ता समिती र अनुगमन समिती गठन गरिएको छ ।

तीन नम्बर वार्ड नागरिक मञ्चको आयोजनामा भएको भेलाले दुर्गाप्रसाद पन्थीको संयोजकत्वमा ७ सदस्यीय नाली निर्माण उपभोक्ता समिती गठन गरेको छ । जसको उपसंयोजकमा दिला राना, सचिवमा जगदिश गसप्ता र कोषाध्यक्षमा शान्ता चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु केसी, अब्दुलवकिल दर्जी र पवनकुमार गुप्ता रहेका छन् । त्यसैगरी भेलाले वार्ड नागरिक मञ्चकी अध्यक्ष मिना थापाको संयोजकत्वमा ५ सदस्यीय अनु्गमन समिती गठन गरेको छ । जसको सदस्यहरुमा जीवन गुप्ता, रामजीप्रसाद गुप्ता, कुवारीदेवी गोराथोकी र शिवदयाल गुप्ता रहेका छन् । शहरी डिभिजन कार्यालय दाङ्ग मार्फत पुरानो भालुवाङ्ग बजारको दायाँबायाँ नाली निर्माणका लागि आर्थिक बर्ष २०७२/०७३ मा स्वीकृत १ लाख ५० हजार बजेटबाट नाली निर्माणका लागि उक्त समिती गठन गरिएको हो । गठित समितीले तत्काल योजनाको सम्झौता गरी नाली निर्माण कार्य गर्ने बताईएको छ ।

वार्ड नागरिक मञ्चकी अध्यक्ष मिना थापाको अध्यक्षता एवम् भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीको प्रमुख आतिथ्यमा भएको भेलामा भालुवाङ्ग नगर विकास समितीका पूर्व अध्यक्ष गोरखनाथ कसौधन, समाजसेवी बहादुरकर्ण केसी र रामजीप्रसाद गुप्ताले आ—आफ्नो धारणा राखेका थिए । भेलाको सहर्जीकरण लालमटिया गाविसकी समाजिक परिचालिका सन्तोषी चपाईले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य