2026-08-26 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा

फागुन ७, सुनसरी | वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ । 

झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको इष्टिच्यूटले यसअघि राजधानी काठमाडौँमा शाखा सञ्चालनमा ल्याइसकेको छ । 

अञ्जली अस्पताल, पास इन्टरनेसनल प्रालि, अञ्जली ओभरसिज, मेचीकाली टाभल्स एण्ड टुर्स, अञ्जली एड एजेन्सी तथा कञ्चनजंघा होटललगायत सञ्चालन गरेर सयौँलाई रोजगारी दिँदै आएको अञ्जली गु्रप अफ कम्पनीले इटहरीमा टेनिड इष्टिच्यूट सञ्चालनमा ल्याएको हो । 

सो इष्टिच्यूटको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले उद्घाटन गर्नुभयो । 

युवा जनशक्तिलाई सीपमूलक तालीम प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्न तालीम केन्द्र सञ्चालनमा ल्याएको इष्टिच्यूटका सञ्चालक पुष्प ओलीले बताउनुभयो । 

सो इष्टिच्यूटमा मेसन, सटरिड, कार्पेन्टर, स्टिल फिक्सर, स्काफोल्डर, इलेक्टिसियन, प्लम्बर, एसी टेक्निसियनलगायतका तालीम प्रदान गरिने इष्टिच्यूटका प्रबन्ध निर्देशक गणेश ओलीले बताउनुभयो । 

उद्घाटन कार्यक्रममा बोल्दै महासचिव गेलालले यस्ता तालीम केन्द्रबाट सीप सिकेर सकेसम्म स्वदेशमै रोजगारी गर्नुपर्ने र विदेश जाने नै भए सीप सिकेर सूचना लिएर मात्र जाऔँ भन्ने उद्देश्यले पनि आफूहरुले यस प्रकारको तालीम केन्द्र सञ्चालनमा ल्याउन जरुरी रहेको बताउनुभयो । 

उहाँले मुलुक समृद्धिको दिशामा अघि बढ्न, समाज र समाजमा बस्नेहरु स्वाभिमानका साथ आत्मनिर्भर बन्नका लागि स्वरोजगारको सवाल प्रमुख भएको बताउनुभयो । 

स्वरोजगार बन्ने उद्देश्यले नै नेपालका लाखौँ युवा दैनिक खाडीमुलुकमा रगत पसिना बगाउन भौतारिरहेको बताउँदै गेलालले सीपको अभावमा उनीहरुमाथि श्रम शोषणसमेत भइरहेको अवस्थामा यस्ता प्रकारका तालीम सेन्टर खुल्नु सुखद् भएको बताउनुभयो । 

राजनीतिक अधिकारको आन्दोलन सकिएकाले आर्थिक समृद्धिका लागि सीपयुक्त प्राविधिक जनशक्तिको आवश्यकता रहेको महासचिव गेलालको भनाइ छ । 

अञ्जली गु्रपका अध्यक्ष भानु सिवाकोटीले वैदेशिक रोजगारमा दक्ष जनशक्तिको अत्यधिक माग रहेको बताउँदै तालीम सेन्टरलाई १ नम्बर प्रदेशको नमूना तालीम केन्द्र बनाउने बताउनुभयो । 

उहाँले तालीम केन्द्रहरुले असुरक्षित वैदेशिक रोजगारीमा जानेलाई सचेत गराउन सक्ने लक्ष्यका साथ अगाडि बढ्ने जानकारी दिनुभयो । वैदेशिक रोजगार व्यवसायी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष दुर्गा थापाले सीपमूलक व्यावसायिक तालीमले व्यक्तिलाई समृद्ध बन्न सहयोग पुर्याउनेमा जोड दिनुभयो । 

यस्तै प्रबन्धक गणेशप्रसाद ओलीले तालीम केन्द्रले तालीम लिने युवालाई विशेष अवसर दिने बताउँदै तालीम लिइसकेपछि आफ्ना लागि र परिवारका लागि आवश्यक खर्च सजिलै जुटाउन सक्ने दाबी गरे । इटहरी–९ मा सञ्चालनमा ल्याइएको तालीम सेन्टरमा रु २० लाख लागानी रहेको ओलीले जानकारी दिनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई