२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

बायोग्यास प्रयोगमा वृद्धि

२०७२, १९ आश्विन मंगलवार ०४:२७

योगेन्द्र जोगी, असोज २०,
संखुवासभा ।
गाई–भैँसीको गोबरबाट बैकल्पिक ऊर्जा उत्पादन हुने भएपछि संखुवासभाका किसान
बायोग्यास गोबरग्यासतर्फ आकर्षित भएका छन् । कच्चा पदार्थको सहज उपलब्धता र स्वास्थ्यमा फाइदा
पुग्नेभएपछि किसानहरु बायोग्यासतर्फ आकर्षित बनेका हुन् । बायोग्यासबाट खाना पकाउदा एलपी ग्यास,
मट्टितेल, दाउराबाट हुने खर्च बच्ने, दाउराको प्रयोग गर्दा धुँवाका कारण देखिने स्वास्थ्य समस्यासमेत
हट्ने भएकाले यसको प्रयोग बढ्न थालेको छ।

gobargas
बायोग्यास इनर्जी कम्पनीका नबिन अधिकारीका अनुसार बायोग्यासको प्रयोगबाट दुषित वातावरण हटने
भएकाले यसको प्रयोग बढेको बताए । अहिलेसम्म जिल्लामा २ सयदेखि ३ सय घरमा बायोग्यासको प्रयोग गरिएको छ ।
दाउरा तथा मट्टितेलको प्रयोगबाट वातावरणलाई प्रतिकूल असर गर्ने कार्वनडाइअक्साइड ग्यास बढी निस्कने
भएकाले त्यसलाई निरुत्साहित पार्न गोबरग्यासको प्रयोग गर्नु आवश्यक देखिन्छ । अहिले नेपाल
सरकारअन्तर्गतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विश्वव्यापी रुपमा कार्वन उत्पादनमा कमी आउने
बैकल्पिक उपाय अपनाएर कार्वन बिक्री गरेबापत आउने रकम गोवरग्यासका लागि प्रयोग गर्दै आइरहेको अधिकारीले
जानकारी दिए ।

काठ दाउरा तथा इन्धनको प्रयोगबाट विश्वमा
कार्वनको उत्पादन बढी भएर मौसम परिवर्तन हुँदा विश्वलाईनै असर गरेको भन्दै विश्वव्यापी रुपमा कार्वनको
बिक्री सुरु गरिएको थियो । सोही अनुसार नेपालले पनि कार्वनको बिक्री गरेर आएको पैसालाई बैकल्पिक ऊर्जाका
क्षेत्रमा लगानी गर्दै आइरहेको छ । गोवरग्यास निर्माणका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले
अनुदानसमेत दिँदै आइरहेको छ ।

घर–घरमा चार, छ र आठ घनमिटरका
गोबरग्याास प्लान्ट निर्माणका लागि सरकारले अनुदान दिने गरेको छ ।गोबरग्यासका लागि गाई–भैँसीको
गोबरबाहेक शौचालयको समेत प्रयोग हुन थालेको छ । ग्यास गन्धरहित हुने र शौचालयको प्रयोगबाट कुनैपनि
नकरात्मक असर नपर्ने भएकाले यसको प्रयोग बढाउन सके अझै बढी ग्यास उत्पादन गर्न सकिने उनले बताए ।
हालसम्म जिल्लाको सदरमुकाम खाँदबारी,तुम्लिङ्टार मुढे लगायतका ठाउँमा गोबरग्या उत्पादन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से