२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती नगरपालिका बनाउने विषयमा चौतर्फी विरोध

२०७२, २२ चैत्र सोमबार १२:१२

ओमप्रकाश गुप्ता/ चैत २२, देउखुरी ।  देउखुरीमा सिसहनियाँ, लालमटिया र हाँसिपुर गाविसलाई समेटेर राप्ती नगरपालिका बनाउने विषयमा जिल्ला विकास समितिले प्रस्ताव गरेको निर्णय प्रति सिसहनियाँ गाविसबासीहरुले खुलेरै विरोध गरेका छन् । 

सिसहनियाँ गाविसले आइतवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत विरोध जनाएका हुन् । जिल्ला विकास समितिको यहि चैत २० गते बसेको सर्वदलिय बैठकले सिसहनियाँबासीको कुरा नै नसुनी आफु खुसी ती गाविसहरुलाई समेटी नगरपालिका बनाउन लागेकाले सिसहनियाँ गाविसका सम्पुर्ण राजनितिकदल, सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रगतीनगर नगर विकास समिति , विभिन्न संघ सस्था तथा स्थानीयहरुले विरोध जनाएका हुन् । सिसहनियाँ र गोवरडिहा गाविसलाई समेटेर नगरपालिका बनाउने विषयमा छलफल प्रकृया अगाडी बढिरहेका बेला जिल्ला विकास समितिले यस्तो निर्णय गरेकाले हाम्रो गम्भीर ध्यानाकर्षक भएको एकिकृत नेकपा माओवादीका शान्तराज शर्माले भन्नु भयो ।
rapti sajhasabal 2
प्राकृतिक स्रोत साधन, भौगोलिक संरचना, भौतिक पुर्वाधार र सिमाना नै नमिलेको गाविसहरुलाई समेटन खोजेकाले हामी सिसहनियाँबासीहरुले कुनै पनि हालतमा यी गाविसलाई मिलाएर नगरपालिका बनाउन दिदैनौ सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले भन्नु भयो । नगरपालिका बनाउने विषयमा हाम्रो विरोध होइन् तर सम्बन्धीत गाविसहरु सँगनै छलफल नगरि आफु खुसी नगरपालिका बनाउने प्रस्तावमा हाम्रो विरोध भएको अध्यक्ष बुढाथोकीले भन्नु भयो ।
rapti sajhasabal
प्राकृतिक स्रोत साधन, भौतिक संरचना, पुर्वाधार मिलेको सिसहनियाँ र गोवरडिहालाई अलग गर्न खोजेकाले सिसहनियाँबासी त्यसमा मन्जुर नरहेको बताउदै नगरपालिका बनाउने भए सिसहनियाँ र गोवरडिहा नभए सिसहनियाँलाई मात्र नगरपालिका बनाउन हाम्रो मुख्य माग रहेको प्रगतीनगर नगर विकास समितिका अध्यक्ष गोर्वधन रावतले बताउनु भयो । हाल सिसहनियाँमा नगरपालिका निमार्ण समन्वय समिति समेत गठन भई प्रकृया समेत अगाडी बढेका बेला एक्कासी पत्रपत्रिकामा प्रकाशित समाचारले सिसहनियाँबासीहरु आक्रोशित हुदै जिल्ला विकास समितिलाई ज्ञापनपत्र बुझाउने समेत बताएका छन् । विरोध कार्यक्रमको नेतृत्व समेत गरेको उद्योग वाणिज्य संघले सिसहनियाँबासीको माग सम्बोधन नभए कडा आन्दोलन समेत गर्ने चेतवानी दिएका छन् ।

rapti sajhasabal 3
साथै कार्यक्रममा सिसहनियाँ गाविसले यस आर्थिक वर्षको दोस्रो चौमासिकमा सम्पन्न भएका विकासे योजना र लक्षित वर्गको कार्यक्रमको बारेमा गाविस सचिव मंगलप्रसाद चौधरीले जानकारी गराउनु भएको थियो । जस अन्र्तगत वडा नं. १ को सरगैहा डुड, वडा नं. २ को कल्र्भट निमार्ण, ५ को पक्कीवाल निमार्ण, ७ को बाटो मर्मत, ६ को कल्र्भट निमार्ण लगायतका सम्पुर्ण योजनाहरु पारदर्शी तरिकाले सम्पन्न भएको र केहि योजनामा सुधार गर्नु पर्ने देखिएको निष्कर्ष निकालिएको छ भने लक्षितवर्गका कार्यक्रम भने सवै पारदर्शी तरिकाले सम्पन्न भएको बताइएको छ ।
rapti sajhasabal 1
गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भिमलाल चौधरी, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, नेकपाका जयप्रकाश चौधरी, वडा नागरिक मञ्चका रामप्रसाद चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो । कार्यालय साहायक सरिता चौधरीको स्वागत मन्तव्य तथा सहजकर्ता तिर्थराज ज्ञवालीको सहजीकरणमा सुरु भएको कार्यक्रमको सञ्चालन गाविसका प्राविधिक विमला भट्टराई खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने