२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट ४० जनाले विश्वकप फुटबल प्रत्यक्ष हेर्न पाउने, यस्तो छ अफर

२०७४, ८ फाल्गुन मंगलवार ११:१४

फागुन ८, काठमाडौँ | कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । 

कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो । 

उहाँले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताउनुभयो । 

कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ । 

उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने