२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौथो बंगलादेश एक्सपो फागुन ११ गते हुने

२०७४, ८ फाल्गुन मंगलवार ११:५७

फागुन ८, काठमाडौँ | बंगलादेशी दूतावासले यहाँको भृकुटीमण्डपमा चौथो बंगलादेश एक्सपो–२०१८ आयोजना गर्ने भएको छ । 

नेपाल तथा बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको यो व्यापार मेला यही फागुन ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा नेपालका ३० तथा बंगलादेशका ७० वटा गरी कूल १०० वटा स्टल रहने बताइएको छ । यु टर्न इभेन्ट्स बंगलादेश तथा सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालको सहयोगमा सञ्चालन हुने त्यस मेलामा भवन निर्माण सामग्री, फर्निचर, जुट, तयारी पोशाक, प्लास्टिकजन्य वस्तु, विद्युतीय सामग्री, मोटरसाइकल र गरगहनाका सामग्री रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे साम्सले मेलाबाट नेपाल र बंगलादेश बीचको व्यापारिक सम्बन्धमा थप आयाम वृद्धि हुने र उद्यमीलाई यसबाट उत्प्रेरणा मिल्ने विचार प्रकट गर्नुभयो । 

सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालि नेपालका प्रबन्ध निर्देशक राकेशकुमार महतोले दुई मुलुकका उद्यमी तथा व्यापारीबीच अनुभव साट्न र बंगलादेशका उत्पादन नेपाली उपभोक्तामाझ पु¥याउन मेला सहयोगी हुने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने