२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

९ फाल्गुन २०७४, बुधबार ०१:५०

फागुन ९, काठमाडौं । गुन्डा नाइके मनोज प्रहरी इन्काउन्टरमा मारिएका छन् । 

बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४  भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएका हुन् । उनीसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ । 

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ बुधबार बिहान मृत्यु भएको हो ।

उनीहरु दुबै जनाको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।

कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि शंलग्नता रहेको प्रहरीले जनाएको छ।

गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए।

३० बर्षिय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला नेकपा एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष थिए ।

संगठनमा रहँदा पनि उनले गुण्डागर्दी गर्ने, फिरौती माग्ने तथा धम्काउने जस्ता कामलाई निरन्तरता दिँदै आएको बताइन्छ । उनी साना साना अपराध गर्दा गर्दै देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा समेत संलग्न हुन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै