२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका, चीन, भारतका सैनिकले पूरा गरे एकैसाथ कमाण्ड एण्ड स्टाफ कोर्ष

२०७४, ९ फाल्गुन बुधबार १२:२०

नारायण न्यौपाने / फागुन ९, काठमाडौँ | विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ । 

बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५४ सैनिकले आजै मात्र स्टाफ कलेज कोर्ष पूरा गरेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त कलेजमा आयोजित २४ औँ आर्मी कमाण्ड एण्ड स्टाफ कोर्ष ग्र्याजुएसन समारोहमा ५४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षकले पनि आज उक्त कोर्ष पूरा गरेको जानकारी दिइयो । 

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालीम सैनिक संगठनमा माथिल्लो (जर्नेल) तहमा पुग्न अनिवार्य मानिन्छ । 

उक्त सैनिक कलेजले नेपाली सेनाको सेनानी तथा अरु सुरक्षा संगठनको नायब उपरीक्षकलाई ५२ साताको उक्त तालीम प्रदान गर्दै आएको छ । सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिनुभयो । 

अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा तालीम गरेको घटना विरलै भेटिए पनि आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले भने उनीहरुलाई एकैसाथ तालीम दिँदै आएको छ । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ । केही बेलायती सैनिकले पनि उक्त कलेजबाट सफलतापूर्वक तालीम लिइसकेका छन् । 

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकोमा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ । 

अमेरिकी र बेलायतीजस्ता विश्वका शक्तिशाली देशका सैनिकलाई अरु देशका सैनिकसँग सम्बन्ध विकास र विस्तार गर्ने महत्वपूर्ण अवसर पनि उक्त तालीमले दिएको छ । शान्ति सैनिक परिचालन, विपद् व्यवस्थापन र प्रतिविद्रोहमा नेपाली सेना पोख्त भएकाले उक्त कलेजमा तालीमका लागि जाम्बियालगायतका देशका सेनाबाट पनि माग भइरहेको महासेनानी श्रेष्ठले बताउनुभयो । 

कलेजले आगामी दिनमा १६ जनासम्म विदेशी सैनिकलाई तालीम प्रदान गर्न स्वीकृति पाइसकेको छ । सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवअधिकारको पालनाजस्ता विषयमा अनुभावी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एंव तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिनुभयो । 

शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । आगामी चैतदेखि शुरु हुने २५ औँ शृङ्खलाको उक्त तालीममा पहिलो पटक महिलाको प्रवेश हँुदैछ । 

सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले छिमेकी तथा अन्तर्राष्ट्रिय मुलुकका सैनिकको सहभागिताले तालीमको ओज र गरिमालाई थप उजिल्याएको धारणा व्यक्त गर्नुभयो । 

विश्वमा आउनसक्ने नयाँ र फरकखाले सुरक्षा चुनौती सामूहिकरुपमा सामना गर्न तालीमबाट सिकेका ज्ञान निकै फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

सो अवसरमा प्रधानसेनापति क्षत्रीले समग्र विषयमा उत्कृष्ट हुने सैनिकलाई नगद पुरस्कारका अतिरिक्त अन्य प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने