२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा मानव अधिकारको अवस्था दयनीय बन्दै

२०७४, १० फाल्गुन बिहीबार ११:५४

फागुन १०, काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले नेपालमा मानव अधिकारको अवस्था दयनीय बन्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ । 

एम्नेस्टीले सन् २०१७/१८मा विश्वभरका मानव अधिकारको अवस्था सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

एम्नेस्टी इन्टरनेशनल नेपालका महासचिब लक्ष्मी निरौलाले दण्डहीनता र मानव अधिकार सम्बन्धी केही विषयमा सामान्य सुधार आएपनि मानव अधिकार हननका विषयमा सरकार गम्भीर नभएको बताउनुभयो ।

उहाँले नेपालको मानव अधिकारको स्थिति दयनीय बनेको विषयलाई लिएर सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

पर्याप्त आवासको अधिकार, अत्यधिक बल प्रयोग, श्रमिकको अधिकार, यातना तथा दुव्र्यवहार, सङ्क्रमणकालीन न्याय, दण्डहीनता र विभेद लगायत पक्षमा सरकारको ध्यान नपुगेको भन्दै एम्नेस्टीले सचेत गराएको छ । सरकारको यही रवैया मुलुकमा मानव अधिकार उल्लघंनको कारक भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा राज्य पक्षबाट हुने मानव अधिकार उल्लंघनका घटनामा पुरानै शैली देखिएको जनायो । सशस्त्र द्वन्द्व, नागरिकलाई बलपूर्वक बेपत्ता पारिनुजस्ता सरकारका दमनकारी क्रियाकलापले मानव अधिकार संकटमा परेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै धार्मिक अतिवाद, दण्डहीनता, आप्रवासीका समस्या, चरम गरिबी र असमानता विश्वमै मुख्य समस्या बन्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा एसिया प्रशान्तिय क्षेत्रमा पनि स्थिति सकारात्मक नरहेको बताएको छ ।

एम्नेस्टीको उक्त प्रतिवेदनले सन् २०१७ को जनवरीदेखि डिसेम्वरसम्मको मानवअकिार सम्बन्धी घटनाक्रमलाई समेटेको छ । उक्त प्रतिवेदन नेपाल लगायत विभिन्न मुलुकमा एम्नेस्टी इन्टरनेसनलका प्रतिनिधिले गरेका स्थलगत अनुसन्धान र अन्य स्रोतबाट संकलन गरिएको सूचनाका आधारमा तयार गरिएको बताइन्छ ।

राज्यको प्रायोजित घृणाले सामाजिक अभियानको नयाँ युगलाई प्रोत्साहन दिएको, प्राकृतिक प्रकोपका कारण धेरै मानिस गम्भीर गरिबी र असुरक्षामा धकिलिन पुगेको, धनी देशका नेताले विश्वव्यापी शरणार्थी समस्यालाई ठाडो निर्दयता र जिम्मेवारीबाट भागेको प्रतिवेदनमा आरोप एम्नेस्टीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने