२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

२०७४, ११ फाल्गुन शुक्रबार १२:०८

फागुन ११, काठमाडौँ | भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट (कम्प्युटर) उपलब्ध गराएको छ । 

प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कालाई २८४ थान कम्प्युटर हस्तान्तरण गर्नुभयो । 

आयोजनाले भूकम्प प्रभावित १८ जिल्लाका १५१ इन्जिनियरलाई ती कम्प्युटर उपलब्ध गराउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसबाट जिल्लामा खटिएका इन्जिनियरले राहतको दोस्रो किस्ता उपलब्ध गराउने सिफारिशका लागि तस्बिरसहित तथ्यांक केन्द्रमा पठाउन सहयोग पुग्नेछ । 

सो अवसरमा कार्यकारी अधिकृत भुसालले हालसम्म ९८ घर निर्माण सम्पन्न भइसकेको र तीन लाख १४ हजार घर बनिरहेको जानकारी दिँदै चालु आवमा साढे चार लाख घर बनाइसक्ने लक्ष्य रहेको बताउनुभयो । 

काठमाडौँ उपत्यकाकामा पुनःनिर्माणमा व्यावहारिक एवं कानुनी जटिलता भएको बताउँदै उहाँले उपत्यका बाहिर भने पुनःनिर्माणले गति लिएको जिकिर गर्नुभयो । 

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएन)का अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० घाइते भएका थिए । यस्तै चार लाख ९८ हजार ८५२ निजी घर, दुई हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्णरुपमा क्षति भएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने