२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा डुव्रिङबासीको घरघरमा पानी पुगेपछि…

१२ फाल्गुन २०७४, शनिबार ०४:४५

रेखा मगर/फागुन १२, रोल्पा । रोल्पाको डुव्रिङ गाउँमा पहिले खानेपानीको निकै समस्या थियो । 

गाउको नजिकमा खानेपानीको मुहान प्रशस्त नहुदाँ तथा भएका मुहानमा पनि पानीको मात्रा घट्ने कारणले गर्दा घण्टौँ लाईनमा बस्नुमात्र नभई भालेको डाकोसंगै महिलाहरु पानीका लागी जुमुराउँथे ।

तछाडमछाड गर्दै पानी पाईन्न कि भनेर चिन्तै चिन्तामा त्यहाँका सर्वसाधारण निदाउँदा पनि पानीकै सपना देख्दथे । डोकोमा गाग्री, हातमा जर्किन जस्ता पानीका भाँडा वोकेर पिउने पानीको जोहो गर्ने स्कुले वालवालिका, गृहेणी तथा होटल सन्चालकहरुलाई निकै समस्या हुन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन ।

साविकको डुव्रिङ र हालको रुन्टीगढी गाउँपालिका वडा नं छ डुव्रिङमा डुव्रिङ खानेपानी उपआयोजनाले अव विगतका खानेपानी समस्या निराकरण गर्ने उपाय खोज्दै सर्वसाधारणका घरघरमा धारा पु¥याउन सफल भएपछि त्यहाँका स्थानीय निकै खुशी छन ।  घरमै जडित धाराबाट पानी आउन थालेपछिको खुशी बाँड्दै डुव्रिङ गाउँकी कमला विक भन्नुहुन्छ — “पानी आएपछि दुख मात्र होईन दैनिकी समेत वदलिन थालेको छ ।”

डुव्रिङ अन्तर्गतका ठुलो गाउँ, भित्तेबारी टोल र काफलवाङ टोलका घरघरमा धारा पु¥याईएपछि कमला लगाएत सबै उपभोक्तामा खुशीको रौनक देखिन्छ । विगतमा असुरक्षित मुहानबाट धमिलो पानी गाग्रीमा हाल्न बाध्यकारी अवस्था पार गरेकी डुव्रिङकै अर्की गृहेणी डिला विक पनि विगतका दुख विसाउने प्रयास गर्दै अव घरमै आएको पानीलाई सही सदुपयोग गर्न पाउदा खुशी भएको बताउनुहुन्छ ।

नेपाल सरकारको सहयोग, स्थानीयको जनश्रमदान लगाएतबाट झण्डै छ२ लाखको लागतमा अन्तिम चरणमा पुगेको उक्त डुव्रिङ खानेपानी उपआयोजनाले तीन गाउँमा मात्र नभएर अन्य टोलमा पनि पानीको सहज उपलव्ध गराउने प्रयासमा रहेको बताएको छ । उपआयोजनाका अध्यक्ष गोविन्द घर्तीले उक्त आयोजना २०७१ सालबाट सुरु भएको बताउनुभयो ।

आयोजना अहिले अहिले अन्तिम चरणमा पुगेको बताईएको छ । उपआयोजनाका अध्यक्ष घर्तीका अनुसार अहिलेसम्म झण्डै ८० घरधुरीले उपभोक्ताका घरघरमा विहानको समयमा पानी छाड्दै आईएको छ । आफुहरुको लामो प्रयासछि अव सबैेले सफा पानी पिउन पाउने घर्तीले बताउनुभयो ।

साविकको वडा नं ४ देखी उत्तरी पुर्व र होेलरी नजिकै रहेको चन्दन खोलामा पानीको मुहान संरक्षण गरेर राखिएको छ । खानेपानीको समस्याबाट अव उपभोक्ताहरुलाई सहज भएको मात्र भएको छैन करेसाबीमा दैनिक चाहिने तरकारी फलाउन पनि सहज भएको छ त्यहाँका स्थानीयलाई ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य