योगेन्द्
जोगी, पुष १, संखुवासभा/किमाथांका पुगेको सांसद दीपक खड्कालाई स्थानीय बासिन्दा तेनछेबी भोटेले
जसरी भएपनि सदरमुकाम खाँदबारीसम्म सडक जोड्न माग राखे ।
सांसद
खड्का सहित पूर्व अर्थमन्त्री डा रामशरण महत र पूर्व परराष्ट्रमन्त्री सुजता कोइराला किमाथांका आउने
भनेपछि गाउँलेहरु भेला भएका थिए । हेलिकप्टरबाट ओर्लिन बित्तिकै किमाथांकाबासीले भट्टाभट माग राख्न थाले
। उनीहरुलाई गाउँलेले भव्य स्वागत पनि गरे ।
पूर्वमन्त्री
सहितको टोली पहिलो पटक किमाथांका गाउँमा पुगेका हुन् । हामीले उच्च तहका नेताहरु पहिलोपटक देखेका हौ,
तेनछेबीले भने, अब भने हाम्रो गाउँको पनि विकास होला जस्तो लाग्यो । पटकपटक सरकारमा सहभागी भएर अर्थ र
परराष्ट्रमन्त्री भइसकेको नेताहरु
गाउँमा देख्न पाउदा खुसी भयौ, उनले भने, हामी चीनका सिमावर्ती
गाउँमा बसेका छौ, हामीलाई पनि सदरमुकामको जस्तै सेवा चाहिँयो ।
गाउँबासीका तर्फबाट तेनछेबीले माग पत्र प्रस्तुत गरेका थिए । मागपत्रमा किमाथांकाबासीले
किमाथांका( खाँदबारी सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए । सडक अभाबका कारण नेपाली खाद्यान्न
अहिलेसम्म देखेका छैनौ, उनले भने, हामी नजिकैको चाँगाबजारबाट चाईनीज खाद्यान्न ल्याएर खान्छौ । खडक
नभएकै कारण सामान्य बिरामी हुँदा पनि ३ लाख खर्चिएर हेलिकप्टर चार्टर गर्नु परिरहेको उनले दुखेसो पोखे
।
धुलेसडक मात्रै भएपनि हामीलाई हुन्थ्यो, सदरमुकाम पुग्न ७
दिन पैदल हिड्न पर्देन थियो, उनले भने, सदरमुकामबाट किमाथांका १ सय ६७
किमिमात्रै छ, त्यहीँ भएर सडक
पुरा भए हामीलाई सजिलो हुने थियो । १ सय ६७ किमि मध्ये करिव १ सय किमि सडकको ट्याक खुलीसकेको छ
।
पटकपटक सडक निर्माणको माग राखेपनि सरकारले कछुवा गतिमा
निर्माण गरेको उनले नेताहरुलाई गुनासो सुनाए । सरकारले चाहेमा यो
सडक १ बर्षमै निर्माण हुन्छ, उनले
भने, सदरमुकाममा बसेको उत्तरदक्षिण कोसी सडकले हटिकाको पेजुङबाट छुम्सुरसम्मको ३६ किमि सडकको ट्याक
खोल्नका लागि ठेक्का समेत खुलाएको छैन ।
यो सडक जोडिए
हामीलाईमात्रै नभई सदरमुकामबासीलाई पनि सजिलो हुने थियो, उनले भने, सडक खुले दैनिक उपभोग्य सामाग्री
सस्तो मुल्यमा खाँदबारी पुग्थ्यो । सडक पछि उनीहरुको माग बिजुली बाल्न पाउनु पर्ने, टेलिफोन सेवा पाउनु
पर्ने, गाउँमा २४ घन्टे प्रसुति सेवा पलव्ध गराउनु पर्ने लगायतका माग समेत राखेका थिए ।
किमाथांकाबासीको माग सुनिसकेपछि पूर्व अर्थमन्त्री महतले भौगोलिक विकटताका
कारण सडक खन्न ढिलाई भएको बताए । उनले अब
्ट किमाथांकाबासीले मोटर चढ्न पाउने पनि बताए । उनले
सरकारलाई दवाव दिएर छिट्टै सडक निर्माण सम्पन्न गराउने आश्वासन दिएका छन् । पूर्व परराष्ट्रमन्त्री
कोइरालाले पनि किमाथांकाबासीले प्रतिक्षाको घडी अब सकिएको बताए ।
उनले किमाथांकाबासीको माग माथिल्लो तहसम्म लैजाने बताए । मागपत्र बुझ्दै सांसद खड्काले
विकासमा पछि परेका किमाथांकाबासीले अबधेरै दिन दुखका दिन बिताउनु नपर्ने बताए । यो सडक तोकिएकै समयमा
सम्पन्न गर्न सबैतिर दवाव दिन्छु, उनले भने, ेकेदार कम्पनीलाई कामको गति बढाउन दवाव दिन उनले बताए ।
तपाईहरुको गुनासो सुन्न हामी यहाँ आएका हौ, सांसद खड्काले भने अब
किमाथांकामा विकासले गति पाउने छ,
सडकबाट छिट्टै सदरमुकामको यात्रा गर्न सक्नुहुने छ । किमाथांका सदरमुकाम खाँदबारीबाट ५० कोष
उत्तरमा
पर्छ ।