२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवपुरी निकुञ्ज बीचको बस्ती स्थानान्तरण गर्न सिफारिश

२०७४, १४ फाल्गुन सोमबार १०:५५

फागुन १४, काठमाडौँ | शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने जंगलभित्र रहेको मानव बस्ती स्थानान्तरण गर्न सुझाव दिइएको छ । 

वन तथा भू–संरक्षण मन्त्रालयले निकुञ्जभित्रको बस्ती स्थानान्तरणका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनमा निकुञ्जको बीचमा रहेका बस्ती सार्न सिफारिश गरिएको प्रमुख संरक्षण अधिकृत कुँवरले राससलाई बताउनुभयो । निकुञ्ज बीचमा बस्ती हुँदा त्यहाँ बसोबास गर्ने स्थानीयवासीलाई आवतजावत, जीविकोपार्जनलगायत समस्या हुँदै आएको थियो । 

कार्यदलले विभागमा बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा पठाइएको सूचना अधिकारी नारायण रुपाखेतीले बताउनुभयो । मन्त्रालयमा राजनीतिक नेतृत्व आएपछि प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ । 

निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका–१ मा चिलाउने, कुने, मूलखर्क, ओखरेनी र सानो ओखरेनी गरी पाँचवटा बस्ती छन् । साबिकको सुन्दरीजल गाविसका छ वटा वडा रहेको उक्त बस्तीमा जंगली जनावरले बाली भित्र्याउन दिँदैन । उपत्यकामा पिउन ल्याइएको वाग्मतीको पानीको मुहान माथिको सो बस्तीका कारण पानीमा फोहर मिसिएको गुनासो बढेको छ । 

स्थानीयवासीले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । मानव बस्ती भए पनि निकुञ्ज प्रशासनले सडक पूर्वाधार निर्माणमा कडाइ गर्दै आएको छ । बल्ल बल्ल बनेको कच्ची सडकमा सवारी प्रवेश गर्दा उनीहरुले प्रतिटिपको रु ५६५ कर तिर्दै आएका छन् । करका कारण यहाँ खाद्यान्न एवं निर्माण सामग्री महँगो हुने गरेको छ । 

महँगीका कारण भूकम्पले भत्किएका घर यहाँ पुनःनिर्माण हुन सकेको छैन । वडाध्यक्ष राम मानन्धर पानीको स्रोतको सफाइ, निकुञ्जको संरक्षण र नागरिकलाई सहज जीवन निर्वाहका लागि पनि बस्ती स्थानान्तरणको माग गरिएको बताउनुहुन्छ । 

“निकुञ्ज प्रशासन र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको छलफलमा नगरपालिका–२ नयाँपाटी तथा वडा नं ४ गोकर्णको पर्ती जग्गामा बस्ती सार्न सकिने सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो । बस्ती स्थानान्तरणको काम छिटो भए भूकम्पपछिको पुनःनिर्माणमा सहज हुने उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने