२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा: केन्द्र सारिएको भन्दै नगरपालिकामा तालाबन्दी

२०७४, १६ फाल्गुन बुधबार १६:२६

टेकबहादुर शाही/फागुन १६, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा अहिले ७ बजे ताला बन्दी गरिएको छ । 

नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले जिल्ला प्रशासनमा निबेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जनकारिदिए । 


जिल्ला प्रशासन र जिल्ला प्रहरि कार्यालयलाइ दिएको निबेदनमा भनिएको छ नगरसभामा नभएको निर्णयमा किर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकोले ततकाल जनताको माग सम्बोधन गरिनु पर्ने उल्लेख गरिएको छ । करिव ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरि कार्यालयमा निबेदन पेश गरिएको २ नं. वडा अध्यक्ष देबि रोकायाले बताए । 

नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरे अन्ुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेश बहादुर शाहीले जानकारि दिए । उनले भने अनुसार जनतलाइ जुफालबाट नै सेवा प्रबाह सहज हुने भएकोले पनि नगरसभाले निर्णय गरेको बताए ।

नगरप्रमुखले जनप्रतिनिधिलाइ झुक्याएर केन्द्र सारेकोले १७ गते दुनै बजार बन्द गरिने र दुनैबाट अनत्रीक रुपमा चल्ने गाडि पनि बन्द गरिने जिल्ला समन्वय समितिको  उपसंयोजक नर बहादुर बुढाले जानकारि दिए । उनले भने १८ गते नगरपालिकाका सबै जनताको भेला गराइ अन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने बताए । 


जनतालाइ झुक्याएर राती राती नगरपालिकोको केन्द्र सारेकोले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताहरुको भनाइ रहेको छ । बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाए पछि ठुलीभेरि नगरपालिका वडा न १ देखि ४ सम्मका जनता आक्रोसित भएका हुन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने