२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन(फोटोफिचर)

१९ फाल्गुन २०७४, शनिबार १०:३८

फागुन १९, काठमाडौँ | संघीय संसदमा बहुमतमा रहेको वाम गठबन्धनका अध्यक्षहरुले पार्टी एकता र मुलुकको समृद्धिको भावनाका साथ प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिनुभएको छ । 


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँहरुले सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आग्रह गर्नुभएको हो । 

नवनिर्वाचित सांसदहरुको शपथ हुने अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै दलका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुबै पाटी एकता हुने अन्तिम विन्दुमा पुगेको भन्दै जनतालाई शक्तिशाली र एकतावद्ध बनाई विकासका काम अघि बढाउन आफूहरु एक हुन लागेको स्पष्ट गर्नुभयो । 

आफूहरुले लगाएको पोशाकमा नेपालमा उत्पादन गरेको लत्ताकपडाको त्यान्द्रो समेत नरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रशस्त सम्भावना भए पनि मुलुक अल्पविकसित हुने अवस्थाबाट माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रियसभाका मनोनित तीन सदस्यका बारेमा सर्र्वाेच्च अदालतमा रिट परेपनि उक्त नियुक्तिलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, “कानून पढेर राजनीति गर्ने भगडियाहरुले हालेको मुद्दामा धेरै अल्मलिनु पर्दैन, सरकारको कार्यक्षेत्रमा अदालतबाट हस्तक्षेप नहुने विश्वास लिएको छु ।” 

संसद्, अदालत र सडकमा समेत वास्तविक नागरिकता र कागजी नागरिकताबारे विवाद हुनुले नेपाल कुन हालतमा छ, भन्ने संकेत गरेको बताउँदै उहाँले आफूले भाइ भन्दै आएका सदस्य महेन्द्रराय यादवलाई ज्येष्ठ सदस्यबाट सांसदको शपथ लिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । 

मुलुक बनाउने सन्दर्भमा प्रतिपक्षलाई समेत साथ लिएर र सम्मान गरेर आफूहरु अघि बढ्ने उद्घोष गर्दै उहाँले राम्रो र सक्षम मान्छेको खोजीमा सरकार रहने स्पष्ट गर्नुभयो । 

सांसदलाई पार्टी र आन्दोलनलाई प्रमुख मानेर अघि बढ्न सम्झाउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरुवा बढुवाका फाइल होइन देश विकासका फाइल बोक्नुस्, जनताले तपाईलाई जतिबेला हेरेपनि दाग नभएको रुपमा देख्न सकोस् ।” 

प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा अनावश्यक झमेला नगर्न पनि आग्रह गर्नुभयो । उहाँले छिमेकी भारत, चीन र अन्य मुलुकसँगको नेपालको सम्बन्ध राम्रो रहेको र ती देशले नयाँ सरकारसँग सहकार्य गर्न इच्छा व्यक्त गरेको उल्लेख गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको पृष्ठभूमिमा आफूहरुको संयुक्त संसदीय दलको बैठक भइरहेको र केही दिनमा एउटै संसदीय दल हुने जनाउँदै विकास नहुने भूमरीमा परिरहने राजनीतिलाई त्यसबाट बाहिर निकाल्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

साझा चुनावी घोषणापत्र र उम्मेदवारका साथ जाँदा डेढमहिनामै जनतालाई एकता पार्न सकिनु आफैंमा विश्वविद्यालय हुनपुगेको बताउदै अध्यक्ष दाहालले भन्नुभयो, “अब हामी राष्ट्रिय पँुजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछौँ, एकताको निर्णयले नेपाललाई १०० वर्षपछि जानबाट अघि ल्याएको छ, त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको छ ।” 

विगतमा एमाले र केन्द्रले अघोषित रुपमा एकले अर्काेको रक्षा गर्दै आएको स्मरण गर्दै उहाँले मदन भण्डारीको जनताको बहुदलीय जनवादका कारण पनि आफूहरु यहाँसम्म आइपुगेको बताउनुभयो । 

बैठकमा एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संसदीय नियम र अभ्यासको हेक्का राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सांसद्हरुलाई आग्रह गर्नुभयो । संघीय संसद्मा दुई दलका कूल २१४ सदस्य छन् । रासस






























प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै