2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

गोपालप्रसाद पोखरेल/फागुन २०, मोरङ | गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । 

महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदार नियमित रुपमा काम गरिरहेका छन् । “महिला कामदारका लागि हामीले बसबाट ल्याउने र पु¥याउनेसमेत गरेका छौँ”, अरिहन्त जुट मिल्सका गोविन्द बजगाईंले भन्नुभयो । दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्नुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो । छोराछोरीलाई बिहानै खान खुवाएर चौधरी उद्योगमा काम गर्न जानुहुन्छ । उद्योगमा काम गर्ने बहुसंख्यक महिलाका श्रीमान विदेशमा छन् । पुरुष विदेश गएपछि उद्योगमा देखिँदै आएको मजदुर अभाव महिला मजदुरबाट पूर्ति गर्ने प्रयासमा उद्योग जुटेका छन् । 

“पुरुष कामदारको अभाव पूर्ति गर्न पनि हामीले महिलालाई राखेका छौँ, उनीहरू कामप्रति बढी जिम्मेवार हुने गर्दछन्”, क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबराले भन्नुभयो, “उनीहरू गफमा भन्दा काममा बढी ध्यान दिन्छन् ।” यस्ता महिलालाई उद्योगहरूले समयको पावन्दीलाई ध्यान दिएर काम गर्नुहुन्छ । काबराको उद्योगमा ४०० भन्दा बढीले रोजगारी पाएका छन् । २०० सयभन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी मात्रामा काम गरेको देख्न सकिन्छ । 

“नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भन्नुभयो, “अहिले महिला कामदार राख्न थालेपछि अभाव हटेको छ ।” उहाँका अनुसार मजदुरकै कारण अहिले उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन । महिला भनेपछि गार्मेन्टस् उद्योगमा मात्र काम गर्ने संस्कार थियो । महिलाहरु यतिबेला जुट, बिस्कुट, प्लाष्टिक, चकलेट, चाउचाउ लगायतका उद्योगमा काम गरिरहेका छन् । 

“मेरो रमपममा पनि महिला कामदार मनग्गे छन्”, एशियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भन्नुभयो । यस क्षेत्रमा साना ठूला गरी साढे ५०० भन्दा बढी उद्योग छन् । ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन् । विगतमा खेती गर्नेहरू पनि अहिले उद्योगमा मजदुरी गर्न थालेका छन् । मोरङ सिसवनीबडहराका फूलमती राजवंशी उद्योगमा काम गर्नुभन्दा अगाडि अर्काको खेती गर्नुहुन्थ्यो । तर खेतीबाट सधैँ घाटा हुन थालेपछि कृषि पेशालाई चटक्कै छाडेर मजदुरी गर्न थालेको उहाँ बताउनुहुन्छ । 

“कहिले पानी नपर्ने, कहिले मल नपाउने, कहिले उत्पादित वस्तुको मूल्य नहुने अवस्थाले लगानीसमेत नउठेर धेरैपटक घाटा सहनुप¥यो,” फूलमतीले भन्नुभयो, “उद्योगमा त काम गरेको दिन पैसा पाइहालिन्छ ।” उद्योगमा काम गर्ने महिलाले दैनिक साढे ५०० देखि ८०० रूपैयाँसम्म कमाउने गरेका छन् । उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चार–पाँच जनासमेत महिला छन् । 

उद्योग संगठनका कार्यकारी सदस्य नन्दकिशोर राठीले भन्नुभयो, “महिला मजदुर सधैँ कसरी धेरै काम गरेर बढी पैसा कमाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ,” उहाँ थप्नुहुन्छ, “त्यही भएर पनि हुनसक्छ केही वर्षयता उद्योगमा मजदुर समस्या छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई