२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले महाकालीमा बनाएका काठेपुल नेपाल सरकारको अनुमति नआउँदासम्म सञ्चालन नहुने

२१ फाल्गुन २०७४, सोमबार ११:५४

लोकेन्द्र प्रशाद जोशी | फागुन २१, दार्चुला । नेपाल भारत सीमा सुरक्षा समुन्वय समितिको बैठक सम्पन्न भएको छ । भारतको पिथौरागढमा सम्पन्न बैठकले केन्द्रको अनुमति लिएपछि मात्रै सिमानदी महाकालीमा अनुमति बिना बनेका काठेपुलमा आवतजावत सञ्चालन गर्ने निस्कर्ष निकालेको छ । त्यस्तै बंगाबगडको खोतिला पहिरो व्यवस्थापनबारे दुबै पक्षले प्राविधिक अध्ययन गर्ने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी  जनार्दन गौतमले बताउँनुभयो ।

बैठकमा भारतीय पक्षको तर्फबाट सीमा क्षेत्रमा आइएसको गतिविधि हुन सक्ने भन्दै यसको नियन्त्रण, नक्कली मुद्राको काराबोर तथा नेपालको क्षेत्रमा सुरक्षा गस्ती थप गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ । मानव वेचबिखन, सीमा अपराध, अवैध वन्यजन्तुको ओसार पसार तथा चोरी निकासी, लगायतका विषयवस्तु दुवै देशको साझा एजेण्डामा अधिकारीहरुबीच छलफल भएको हो ।


नेपाल भारतको समन्वय बैठकमा भारतले नेपाली पक्ष सामु यसअघि ९ वटा एजेण्डामा छलफल गरिने प्रस्ताव तयार गरेको थियो । नेपाली पक्षले भने बैठकमा ११ वटा विषय वस्तुमाथि छलफल गर्ने गरी एजेण्डा तयार गरेको थियो ।

नेपालतिर सीमा सशस्त्र प्रहरी बल सदरमुकाम खलंगामा मात्रै केन्द्रीत छ । दार्चुलाबासीले सीमा सशस्त्र प्रहरी वललाई तिंकरमा राख्न पटक पटक माग गरेपनि नेपाल सरकारले यसबारे निर्णय लिएको छैन । सीमा सशस्त्र प्रहरी तिंकरमा राखे सीमाको सुरक्षा हुने तथा अपराध नियन्त्रणमा सजिलो हुने जिल्लाबासीको बुझाई छ ।


बैठकमा दार्चुलाको तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौमतको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु, महाकाली नदी नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख शुसिल चन्द्र देबकोटा, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला