अछ"/>
फागुन २३, काठमाडौँ । पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवन कुमार बिकले आर्थिक अभावका कारण श्रीमतीको ज्यान जान लागेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।
अछामको पञ्चदेव विनायक नगरपालिका–७ स्थायी घर भएका बिकले उपचारको लागि श्रीमतीलाई काठमाडौँ आएका छन् तर आर्थिक जुटाउन नसक्दा उपचार हुन सकेको छैन । बिककी श्रीमती धनसरा बिक ढाडसँग सम्बन्धित रोगबाट थला परेकी छन् ।
काठमाडौँको ट्रमा सेन्टरमा उपचारको लागि भर्ना भएपनि आवश्यक खर्चको जोहो गर्न नसक्दा अस्पतालले बाहिर निकालि दिएको बिकले भने । उपचार सहयोगको लागि सबैतिर धाएपनि आवश्यक कतैबाट नजुटेको बिकले बताए ।
“म विगत तीन महिनादेखि श्रीमतीको उपचारको लागि काठमाडौँमा भौतारिहरेको छु । तर पनि उपचार गर्न सकेको छैन । उपचारको लागि सहयोग सबैसँग अपेक्षा गरेको छु” बिकले भने ।
अस्पतालले धनसराको ढाडको अप्रेशन गर्नुपर्ने त्यसको लागि तीन लाख रकम आवश्यक भएको बताएको छ ।

कलिलो उमेरमा २०५८ सालमा जनयुद्धमा पूर्णकालिन रुपमा लागेका बिक तत्कालिन जनमुक्ति सेनाको सात नम्बर डिभिजनमा रहेर काम गरेका थिए । बिकले सेना समायोजनामा अवकाशमा रोजेका थिए । सहयोग गर्न चाहनेहरुले फोन नम्बर ९८४८४८५५२४ मा सम्पर्क गर्न सकिनेछ ।