२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरुषलाई प्याड वितरण

२४ फाल्गुन २०७४, बिहीबार १२:०६

फागुन २४, काठमाडौं | पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताउनुभएको छ । 

एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उहाँले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौं तर महिलामाथि हुने हिंसा घटेको छैन ।” 

महिला हिंसाविरुद्ध पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताउँदै उहाँले संविधानले दिएको समानताको हकलाई महिलाले भोग्नसक्ने सम्पूर्ण अवसर सिर्जना गरी असमानताको व्यवहारलाई हटाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाललगायत बीसभन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । पदयात्रामा सहभागी पुरुषलाई महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने प्याड पनि वितरण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै