२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा खानेपानीको हाहाकार

२५ बैशाख २०७३, शनिबार ०५:१२

योगेन्द्र योगी/वैशाख २५ , संखुवासभा
पिउने पानीको संकट भोगिरहेका धुपु गाविसका बासिन्दाहरुमा लामो खडेरीका कारण पानीको मुहान
सुकेपछि झनै समस्या भएको छ ।

पिउने पानीको अभावमा धुपुका
बासिन्दाहरु काकाकुल बनेकाछन् । हरेक वर्षको गर्मी याममा सो क्षेत्रका बासिन्दाहरुले पिउने पानीको
समस्या भोग्दै आएकाछन तर स्थायी समाधानकालागि सरोकारवाला निकायले कुनै चाँसो नदिएको धुपुका स्थानीय
बासिन्दा वीर बहादुर योगीले बताए ।

दलित र जनजातिहरुको बसोवास
रहेको सो वस्तीको समस्याका बारेमा सरोकारवाला निकाय समेत बेखवर रहेको देख्दा आफूहरु दुःखी भएको एक
स्थानीयले बताए । पिउने पानीको खोजीमा स्थानीयहरु भौतारिनुपर्ने बाद्यता रहेको छ ।

तर त्यसको समाधानको दीर्घकालिन समाधानका बारेमा कसैले पनि सोचिदिएनन् अर्का
स्थानीय बासिन्दा दल बहादुर योगीले बताए । पानीकै अभावमा घरघरमा निर्माण गरेका शौचालयहरु प्रयोगविहीन
अवस्थामा पुगेकाछन् । २०७२ चैतमा सो क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो ।

तर अहिले पानीको अभावका कारण शौचालय प्रयोगमा ल्याउन समस्या हुने गरेको
स्थानीयको भनाई छ । अहिले स्थानीयहरु शौचकालागि जंगल धाउनुपर्ने अवस्था रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की