२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडितलाई अन्याय हुने गरी मुद्दा फिर्ता नलिन माग

२०७४, २८ फाल्गुन सोमबार ०९:१४

फागुन २८, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनाका संलग्न दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग गरेको छ । 

समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै विसं २०७२ भदौमा घटाइएको उक्त घटनाका दोषीलाई आममाफी दिने प्रयास भइरहेको आशंका व्याप्त भएको हुँदा त्यसो नगर्न आग्रह गरिएको छ । 

कुनै पनि अवस्थामा दोषीले उन्मुक्ति र निर्दोषले दण्ड सजाय पाउन नहुने भन्दै त्यस घटनाका दोषीबारे न्यायिक प्रक्रियाबाट टुंगो लगाइसकिएकाले राजनीतिक हस्तक्षेप नगर्न विज्ञप्तिमा भनिएको छ । 

राजनीतिक सहमतिका नाममा पीडकलाई उन्मुक्ति दिने, न्यायिक प्रक्रियालाई क्षतविक्षत पार्ने र खण्डित गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्नपर्ने भन्दै अपराधमा संलग्न व्यक्तिले कुनै पनि निकायको निर्वाचन जित्दैमा आममाफी दिन नमिल्ने उल्लेख गरिएको छ । 

अपराध प्रवृत्तिका मानिसलाई निर्वाचनमा उम्मेदवार बनाउने दलहरुको नियत नै खराब देखिएको र अपराधको राजनीतिकरण बढ्दै गएको सन्दर्भमा अपराधकुक्त राजनीति र अपराधिमुक्त निर्वाचित निकायका लागि आवश्यक कानूनी व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से