फागुन २८, काठमाडौं | अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।
घटना भएपछी त्यहाँको स्थिति बुझ्न गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुगेका छन् । उक्त बिमान बंगलादेशको समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेको त्यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।
अस्पताल लगिएका ४ जनाको मृत्यु भईसकेको जानकारी आएको छ । आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ । घाइतेहरुमध्ये केहीलाई सिनामंगलको केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत अस्पतालमा लगिएको छ ।