फागुन २८, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने ८ जना अस्पतालमा मृत्यु भएको बताइएको छ ।

घाइते भएकाहरु पनि गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । बंगलादेशका बिभिन्न समाचारहरुमा पनि ५० जना न्दा बढीको मृत्यु भईसकेको उल्लेख छ । ३३ जना नेपाली रहेकोमा १३ जनाको भने नाम समेत खुलिसकेको छ ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।