2026-08-26 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरी: बेपत्ता छोरी खोजिदिन बुबाको आग्रह

चैत २, इनरुवा | तीन साताअघि बेपत्ता भएकी छोरीको अवस्था अज्ञात रहेको भन्दै पत्रकार सम्मेलन गरी एक बाबुले आफूलाई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । 

आफ्नी १८ वर्षीया छोरीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकार सम्मेलन गरी सरोकारीसमक्ष गुहार मागेका हुन् । 

पीडित पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता भएकी भनिएकी मनिताकुमारी मेहताका बाबुले कप्तानगञ्जका शिवकुमार मेहताले परिवारको मिलेमतोमा छोरी बेपत्ता पारेको आरोप लगाएका छन् । 

घटनाबारे प्रहरीमा समेत उजुरी गरेको बताउने पीडित पक्षले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेको छ । आर्थिक अवस्था कमजोर रहेको र आफू असक्षम रहेकाले छोरीको खोजीमा हिँड्न नसकेको पीडित पक्षको भनाइ छ । 

पीडितका बाबुले प्रहरीले छोरी खोज्न आफैँ जान र भेटेपछि जानकारी गराउन भनेको बताए । पीडित पक्षले छोरीलाई केटाको आफन्तको बसोबास रहेको भारतको पञ्जाब लगेको हुनसक्ने आशंका गरेको छ । केटा पक्षका आफन्तले छोरी फिर्ता लैजाने भए रु १० लाख रकम दाबी गरेको समेत पीडित पक्षको आरोप छ । 

पीडित परिवार प्रहरीसमक्ष पुगेको जानकारी पाएपछि पीडक पक्षले मनिता बिरामी भई अस्पताल भर्ना भएको र उनको मृत्यु भएको जानकारी गराएकाले घटना थप रहस्यपूर्ण बनेको पीडितका आफन्तको भनाइ छ । उता सुनसरी प्रहरीले भने शिवकुमार र मनिताबीच प्रेम रहेको र दुवै भागेको कुरासमेत आएको जनाएको छ । 

घटना प्रेम सम्बन्धको भएपनि दुवै पक्षलाई झिकाएर परिवारलाई खोजीमा लाग्न भनेपनि प्रहरीको सुक्ष्म अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमोरियाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग