चैत ३, बुटवल | बुटवल बहुमुखी क्याम्पसमा प्रथम बर्षमा अध्यनरत छात्रा राधिका न्यौपाने झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
राधिकालाई झुण्डीइरहेको अवस्थामा आज साझ करिब ७ बजे बुटवल स्थित बाग्लुङ बुर्तिबाङ होटलमा फेला पारिएको हो । बुटवलको दुर्गा मन्दिर लाइनमा रहेको उक्त होटलमा झुन्डिएको खबर पाएलगत्तै पुगेको प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । राधिकाको आत्महत्या वा हत्या भन्ने बिषय भने अझै खुल्न सकेको छैन ।
स्थानीयले घटनालाई नियाल्दा हत्या भएको हुन सक्ने आशंका गरेका छन् । पाल्पा पूर्वखोलाकी राधिका न्यौपानेले ४ दिनअघि मात्र विवाह गरेको खुलेको छ ।
- बुटवलबाट आभास पौडेलको सहयोगमा साझासबाललाई प्राप्त समाचार
यस बिषयमा तपाइको प्रतिक्रिया...!