२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली प्रहरी बनेर ठगी गर्ने सिन्धुपाल्चोककी एक महिला बालाजुबाट पक्राउ

५ चैत्र २०७४, सोमबार १२:०५

चैत ५, काठमाडौँ | महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । 

वृत्तले सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई आज बालाजुबाट पक्राउ गरेको हो । 

वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झण्डै रु सात लाख ठगी गरेको पोखरेलले जानकारी दिनुभयो । 

बोहराले दैलेख घर भएका राधा शाहीसँग रु एक लाख ४५ हजार, सिन्धुपाल्चोकका रेणुका भण्डारीसँग रु ५० हजार, विमला खड्कासँग रु १५ हजार, जुनाकुमारी खड्कासँग रु १२ हजार, मीना सुनुवारसँग रु १९ हजार ठगेकी छन् । यस्तै, अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य