Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १२ गते, बिहान ११:३६ बजे समाज, सुनसरी - SNS

सुनसरीमा आगलागीबाट एक बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, इनरुवा | सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो ।

आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको सुनसरीको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । आगलागीमा विन्देश्वरको तीन वटा फुसको घरसमेत जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु दुई लाख ५० हजार बराबरको क्षति भएको स्थानीय पवन रौनीयारले जानकारी दिनुभयो ।

स्थानीयवासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रणले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पछि मरिक परिवार शोकमा डुब्नुका साथै घरबारविहीनसमेत भएका छन् । रासस