२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुमाथिको अत्याचार अन्त्य गर

१६ चैत्र २०७४, शुक्रबार ०८:११

चैत १६, काठमाडौँ | छाडा कुकुर र पशु अधिकारको संरक्षणमा तन–मन–धन दिएर वर्षौंदेखि लागेकी स्नेहा श्रेष्ठको आश्रममा यतिखेर २०० हराहारीमा कुकुर छन् । 

काठमाडौँको चोभारस्थित ‘स्नेहाज् केयर’ नामक सो आश्रममा ती कुकुर स्नेहाले आफैं ल्याउनुभएको होइन । “आमा मारिएर विचल्लीमा परेका, कुटेर, एसिड खन्याएर, काटेर, गाडीले कुल्चेर घाइते बनेका कुकुरलाई सडकबाट टिपेर ल्याउँछु,” उहाँले भन्नुभयो – “फर्काउन मिल्नेलाई फेरि सडकमै फर्काउँछु, फर्किन नसक्ने यहीँ बस्छन् ।” 

काठमाडौँ र आसपास जिल्लाको मासु र मःम उपभोगका लागि तराईदेखि काठमाडौँसम्म राँगाभैँसी ल्याउने क्रममा भएका दुव्र्यव्यहार आफ्नै आँखा अगाडि देखेकी श्रेष्ठले बनाएको छोटो वृत्तचित्र हेरेपछि नारीवादी लेखक शीतल दाहालले एउटाको अधिकारको कुरा गर्दा अरूको अधिकारबारे भुल्न नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पशुअधिकारका लागि स्नेहा श्रेष्ठले गरेको प्रयत्न सराहनीय छ तर यो विषय स्नेहाको मात्रै नभएर सबै सचेत नेपाली नागरिकको हो । मःमका लागि पशुमाथि यतिसम्मको अत्याचार हुनु के जायज हो र ? भनी उहाँले प्रश्न गर्नुभयो ।” 

कुनै बेला घरमा आफ्ना पतिले ल्याएका कुकुरप्रति कुनै चासो नराख्ने स्नेहाले विस्तारै घरको कुकुरमाथि दया गर्न थाल्नुभयो । कुकुर कराएको भन्दै कुनै छिमेकीले उहाँको कुकुरलाई बिख खुवाएर मारिदियो । आफ्नो घरको कुकुर मरेपछि स्नेहाको स्नेहले भौतिक आकार लिन थाल्यो । कुकुर मरेपछि उहाँलाई शहरभित्रका सडकमा परित्यक्त कुकुर देख्दा पीडा हुन थाल्यो र अन्ततः उहाँले सडकका कुकुरकै सेवामा जीवन जिउने प्रण गर्नुभयो । 

आफ्ना व्यावसायिक र प्राणी सेवाको दैनिक जिम्मेवारी सकेर आफ्नो घर हात्तीवनसम्म जाँदा लगनखेलमा रातको बेला भैँसी व्यापारीले ट्रकबाट भैँसी पछारेको देख्नुभयो । कुकुरलाई दया देखाउने उहाँले धेरै पटक यस्ता दृश्य देखेपछि खप्न सक्नुभए । भैँसीलाई तराईदेखि काठमाडौँसम्म ल्याउने क्रममा गरिने दुव्र्यवहारको एउटा डकुमेन्ट्री नै तयार पार्नुभयो । सो वृत्तचित्रको सानो रूप ‘काठमाण्डु मिट ः क्रुअल्टी एक्स्पोज्ड’ तयार भइसकेको छ र छिट्टै यसको पूर्ण स्वरूप पनि आउने बताइएको छ । 

तराईका गाउँगाउँबाट त्यहाँका स्थानीय बसपार्कमा थुपारिएका राँगा, पाडा र दूध नदिने वृद्ध भैँसी ट्रकमा कोचेर काठमाडौ ल्याउने चलन दशकौँ पुरानो हो । सर्वसाधारणले बेलाबेलामा ¥यालसिंगान बगाएका, थकित र आँखामा कचेरा परेका भैंसीपाडालाई ट्रकमा ओसारिएको देखे पनि यसभित्रको सबै कथाव्यथा उनीहरूलाई थाहा नहुन सक्छ । 

अहिले राजधानीमा मात्रै ५०० देखि ५५०को शंख्यामा भैँसी त्यसरी भित्रन्छन् । सरकारले जारी गरेको ‘पशु ढुवानी मापदण्ड, २०६४’ मा पशु ढुवानी गर्दा ‘पशुलाई हलचल गर्न सकिने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाइ, एकापसमा ठोकिएर अङ्गभंग नहुनेगरी ढुवानी गर्र्नुपर्नेछ’ भनी उल्लेख छ । 

त्यतिमात्रै होइन, ‘पशु ढुवानी गर्दा पशुमा तनाव हुने, श्वास फेर्न गाह्रो हुने, डाम पार्ने, हृदयाघात, धपेडी, घाममा अत्यधिक जलन हुने, पेट ढाडिने, विषाक्तपन, शिकार, जनवियोजन थकावट, घाउचोट, पीडा, जुध्ने र अंगभंग हुनेजस्ता अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने’ समेत उल्लेख छ । 

‘कसैले पनि लौरो, छडी वा अन्य कुनै औजारको प्रयोग गरेर वा शरीरको कुनै पनि भागमा खुर्सानी वा यस्तै कुनै पीडादायक पदार्थ लगाएर यातना दिन, लघार्न, अत्याउन वा दौडाएर ढुवानी गर्नु हुँदैन’ भन्ने पनि मापदण्डमा उल्लेख छ । मापदण्डमा ढुवानीका क्रममा ‘चरन, दानापानी र आराम’को समेत उल्लेख गर्ने कुरो भए पनि करीब २४ घण्टा भोकभाकै राखेर भैँसी काठमाडौँ ल्याउने गरिएको छ । 

त्यतिमात्रै होइन, धेरै भैँसी कोच्न सकियोस् भनेर सबै भैँसीलाई उभ्भिन वाद्य पारिन्छ र असह्य भएर बस्न खोज्ने भैँसीलाई ढाडमा टेकीटेकी कुट्ने गरिन्छ । घाँटीमा दाम्लोले त कसिन्छ नै पुच्छरमा समेत अनेक फन्का डोरी बाँधिन्छ र त्यसलाई ट्रकमा गाँसिन्छ । स्नेहानिर्मित भिडियोमा यिनै विषय समेटिएको छ । 

पशुलाई कष्ट दिनु र तिनको हत्या गर्नु आफैँमा राम्रो होइन तर युगौँदेखि पेशा र स्वादका कारण पशु हत्या जारी छ । आखिर मार्ने नै भएपछि बोल्न नसक्ने प्राणीलाई जिउँदै किन मार्ने ? मासु खाए पनि पशुलाई मानव जातिले दिने यस्ता कष्टको अन्त्य कहिले होला ? पशुप्रतिको निर्दयता कहिले अन्त्य होला ? मःमबाट निरिह पशुको आँशु कहिले हट्ला ? रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै