२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिका भित्रै अनिश्चितकालीन नाकाबन्दी

२०७४, १६ चैत्र शुक्रबार १३:२३

टेकबहादुर शाही | चैत्र १६, डोल्पा | नगरपालिकाको केन्द्र सारिएको भन्दै ठुलिभेरि नगरपालिका भित्र नै नाकाबन्दी गरिएको छ । दुनैका जनताले जुफालका जनतालाइ शुक्रबार बेलुकी ५ बजेबाट अनिश्चितकालीन नाका बन्दी गरिएको दुनै संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए । 


हाल नगरपालिकाको केन्द्र रहेको जुफालको संघ्रस समितिले बिहिबार साझ देखि शुक्रबार बिहान १० बजे सम्म बन्द गरे पछि दुनैका जनतालाइ कम्जोर डम्याएको भन्दै दुनै जुफाल नाका बन्दि गरिएको दुनै संघ्रस समितिका सदस्य दलबहादुर थापाले जानकारि दिए । उनले भने हा नगरपालिकाको केन्द्र रहेको जनताले बिनकारण बन्द गरे पछि अनिश्चितकालिन बन्द र नाका बन्दी गरियो ।

यहि २० गते नगरपालिकाको केन्द्र बिबादको सर्वोच्चमा परेको बुद्धाको सुनुवाइ हुने भएको र दुनैका जनप्रतिनिधिलाइ बिरोध गर्नको लागि बन्द गरिएको र शुक्रबार बिहान १० बजेबाट बन्द फिर्ता लगिएको जुफाल संघ्रस समितिका अध्यक्ष ज्ञोनन्द्र शाहीले जानकारी दिए । उनले भने जनप्रतिनिधिलाइ बिरोध मात्र गरिएको हो जतालाइ होइन अब सबैले सहजै आवत जावत गर्न पाउछन । 

सर्वोच्चमा परेको मुद्धाको सुनुवाइमा सहभागि हुन जान लागेका नगरउपप्रमुख,वडा अध्यक्ष र सदस्यहरुलाइ बिमानस्थलबाट जान नदिए पछि प्रहरीको स्कटिङमा पैदल मार्ग हुदै केन्द्रीय राजधानी गएका छन । नगरपालिकाको केन्द्र बिबाद भए पछि जुफाल र दुनैका जनप्रतिनिधिहरु सबै यति बेला केन्द्रमा नै आआफ्नो लबिङमा लागेको नागरिकहरु बताउछन । 


फागुन १६ गते देखि केन्द्र सारिएको बिरोधमा आन्दोलनमा रहेका दुनै बासिहरुले आजबाट फेरि बजार बन्द र अनिश्चितकालिन नाका बन्दी गरेका छन । नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले नगरसभामा निर्णय नै नगरि नगरपालिकाको केन्द्र जालसाजि गरि सारेको भन्दै एक महिना देखि दुनैमा आन्दोलनका साथै बिभिन्न खाले बिरोधका क्रियाकलाप भै रहेका छन । 

दुनैको संघ्रस समितिले अनिश्चितकालीन नाका बन्दी र बन्द गरे पछि जनताहरुलाइ समस्या आउने भएको छ । तर यता संघ्रस समितिले भने बजार बन्द र नाका बन्दीमा सहयोग गरिदिन र अबज्ञा गरेको खण्डामा आन्दोलन तथा बन्द कर्ताले कडा प्रतिबाद गर्ने बताएको छ । डोल्पामा एकै गाविस अर्थात स्थानीय तहमा नाका बन्दी लागएको पहिलो घटना भएको अगुवाहरु बताउछन ।

दुनैले बारम्बार बिरोध तथा आन्लोलन र बन्द गरे पनि जुफालले कुनै प्रतिकृया नदेखाएको जुफालबासिहरु बताउछन । यता दुनैका बासिन्दाले भने जुफालबासिले बारम्बार हेपुवा प्रबिधि देखाएकोले अब नाका बन्दी नै लागउनु परेको बताउछन । नाका बन्दी पछि सबै नागरिकहरु त्रसित भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने