२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिका भित्रै अनिश्चितकालीन नाकाबन्दी

१६ चैत्र २०७४, शुक्रबार १३:२३

टेकबहादुर शाही | चैत्र १६, डोल्पा | नगरपालिकाको केन्द्र सारिएको भन्दै ठुलिभेरि नगरपालिका भित्र नै नाकाबन्दी गरिएको छ । दुनैका जनताले जुफालका जनतालाइ शुक्रबार बेलुकी ५ बजेबाट अनिश्चितकालीन नाका बन्दी गरिएको दुनै संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए । 


हाल नगरपालिकाको केन्द्र रहेको जुफालको संघ्रस समितिले बिहिबार साझ देखि शुक्रबार बिहान १० बजे सम्म बन्द गरे पछि दुनैका जनतालाइ कम्जोर डम्याएको भन्दै दुनै जुफाल नाका बन्दि गरिएको दुनै संघ्रस समितिका सदस्य दलबहादुर थापाले जानकारि दिए । उनले भने हा नगरपालिकाको केन्द्र रहेको जनताले बिनकारण बन्द गरे पछि अनिश्चितकालिन बन्द र नाका बन्दी गरियो ।

यहि २० गते नगरपालिकाको केन्द्र बिबादको सर्वोच्चमा परेको बुद्धाको सुनुवाइ हुने भएको र दुनैका जनप्रतिनिधिलाइ बिरोध गर्नको लागि बन्द गरिएको र शुक्रबार बिहान १० बजेबाट बन्द फिर्ता लगिएको जुफाल संघ्रस समितिका अध्यक्ष ज्ञोनन्द्र शाहीले जानकारी दिए । उनले भने जनप्रतिनिधिलाइ बिरोध मात्र गरिएको हो जतालाइ होइन अब सबैले सहजै आवत जावत गर्न पाउछन । 

सर्वोच्चमा परेको मुद्धाको सुनुवाइमा सहभागि हुन जान लागेका नगरउपप्रमुख,वडा अध्यक्ष र सदस्यहरुलाइ बिमानस्थलबाट जान नदिए पछि प्रहरीको स्कटिङमा पैदल मार्ग हुदै केन्द्रीय राजधानी गएका छन । नगरपालिकाको केन्द्र बिबाद भए पछि जुफाल र दुनैका जनप्रतिनिधिहरु सबै यति बेला केन्द्रमा नै आआफ्नो लबिङमा लागेको नागरिकहरु बताउछन । 


फागुन १६ गते देखि केन्द्र सारिएको बिरोधमा आन्दोलनमा रहेका दुनै बासिहरुले आजबाट फेरि बजार बन्द र अनिश्चितकालिन नाका बन्दी गरेका छन । नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले नगरसभामा निर्णय नै नगरि नगरपालिकाको केन्द्र जालसाजि गरि सारेको भन्दै एक महिना देखि दुनैमा आन्दोलनका साथै बिभिन्न खाले बिरोधका क्रियाकलाप भै रहेका छन । 

दुनैको संघ्रस समितिले अनिश्चितकालीन नाका बन्दी र बन्द गरे पछि जनताहरुलाइ समस्या आउने भएको छ । तर यता संघ्रस समितिले भने बजार बन्द र नाका बन्दीमा सहयोग गरिदिन र अबज्ञा गरेको खण्डामा आन्दोलन तथा बन्द कर्ताले कडा प्रतिबाद गर्ने बताएको छ । डोल्पामा एकै गाविस अर्थात स्थानीय तहमा नाका बन्दी लागएको पहिलो घटना भएको अगुवाहरु बताउछन ।

दुनैले बारम्बार बिरोध तथा आन्लोलन र बन्द गरे पनि जुफालले कुनै प्रतिकृया नदेखाएको जुफालबासिहरु बताउछन । यता दुनैका बासिन्दाले भने जुफालबासिले बारम्बार हेपुवा प्रबिधि देखाएकोले अब नाका बन्दी नै लागउनु परेको बताउछन । नाका बन्दी पछि सबै नागरिकहरु त्रसित भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो