२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिफ्ट दिने नाममा होटल पुर्‍याएर सामुहिक बलात्कार, यसरी भयो घटना

२०७४, १६ चैत्र शुक्रबार १३:५१

चैत १६, काठमाडौं । पर्वतको छमर्केमा बिहिबार मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् भने अर्की युवती भाग्न सफल भएकी छन् । 

मेलाबाट घर फर्कने क्रममा युवतीलाई लिफ्ट दिने नाममा होटलमा पुर्‍याई मदिरा पिलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा गएका दुई युवतीहरु मध्ये एक जना भने भाग्न सफल भएपछि उनैले प्रहरीलाई खबर दिएकि थिइन्  । 

प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् ।

त्यस्तै बलात्कारको घटनाबारे खबर नगरेको भन्दै प्रहरीले होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई पनि नियन्त्रणमा लिएको छ ।


यसरी भयो घटना 

- बिहीबार राति पीडित युवतीसँगै अर्की साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए ।

- गाडी कुर्ने क्रममा दुई वटा मोटरसाइकल आउँछ र उनीहरुलाई कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । 

- गाडी कुरेर बसेका उनीहरु सोहि मोटरसाइकलमा जान तयार हुन्छन् तर, मोटर साइकल चालकहरुले कुश्मा नगरपालिका-४, छमर्केमा रहेको ‘न्यू सेवा गेष्ट हाउस’ मा लैन्जान्छन्  र त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् ।

- गेष्ट हाउसमा उनीहरुले मदिरा पिउँछन् र युवतीलाई पनि मदिरा खुवाउँछन् ।

- त्यस क्रममा अर्की युवती भाग्न सफल हुन्छिन् । 

तर भाग्न नसकेकि युवती बलात्कारको सिकार हुन्छिन् । भाग्न सफल भएकी युवतीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोलीले घटनास्थलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले जबरजस्ती करणी मुद्दा अन्तरगत ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने