2026-08-26 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नून र अन्न नखाएरै सुनसरीका जीवनाथ भट्टराईले गरे ७५ बर्ष पार

तीर्थ भटृराई/चैत २० मोरङ | एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ । 

तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाउनु भएको मात्र छैन हाल त उहाँले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गर्नुभएको छ । 

हाल ८२ वर्षमा हिँडिरहनुभएका भट्टराई के अन्न र नून बिना रहन र काम गर्न सक्नुहुन्छ त ? भन्ने स्वाभाविक प्रश्नमा उहाँको उत्तर यस्तो छ— काम गर्नमा युवाहरुले भेट्दैनन् । 

मानिसमा भगवान्को भक्ति भावना र अठोट भयो भने यो सम्भव छ भन्ने कुरा उहाँले प्रमाणित गर्नुभएको छ । 

सात वर्षकै उमेरमा उहाँले नून र अन्न खान छोड्नुभएको रहेछ र आलु, तरुल, सख्खरखण्डजस्ता कन्दमूल खानु हुँदोरहेछ । यस्तै, खाएर नै उहाँले ७५ वर्ष व्यतीत गरिक्नुभएको रहेछ । यस्तो आहाराको भरमा पनि भट्टराई सामाजिक क्षेत्रमा सक्रिय रहनुभयो भने छरछिमेक मात्र होइन टाढाटाढाका आगन्तुकलाई पनि धामीका रुपमा उपचार गरी निको पार्दै आउनुभएको छ । 

भोजपुरको भुल्केमा १९९३ असोज ११ मा जन्मनुभएका उहाँ त्यस बेला विद्यालय नभएकाले विद्यालय शिक्षा प्राप्त गर्न सक्नुभएन भने घरमै अक्षर चिनी भागवत, रामायण, गीता आदि पढ्न सक्ने हुनुभयो । 

युवावस्थामा एकपटक झापामा एकजना गुरुको भान्से बसेर काम गरेकोबाहेक अन्यत्र गई काम गर्नु भएन भने आफ्नै खेती किसानी तथा धार्मिक गतिविधिमा संलग्न हुनुभयो । उहाँ यही क्रममा पहाड छोडेपछि सुनसरीको कालापानी (चक्रघटृी), रामधुनीको मानपुर, पकली, इटहरी बसाइँ सर्दै हाल गोठगाउँमा एउटा भगवतीको मन्दिर खडा गरी त्यहीँ श्रीमतीसहित बस्नुभएको छ । 

चार भाइ छोरा र एक बहिनी छोरीका पिता उहाँका छोराछोरी सबै छुट्टिएका र छोरीको विवाह भइसकेको छ । उहाँको धार्मिक लगाव र व्रत ध्यानका कामले सगोलमा बस्न सहज नभएको उहाँका साहिँला छोरा समाजसेवी शिव भट्टराई बताउनुहुन्छ । छोरा कृष्ण र हरि छुटिृनुभएको छ भने कान्छा श्यामवावुको केही बर्ष अगाडि निधन भएपछि भने वृद्व जीवनाथ शोकमा पर्नुभएको छ । 

बयासी वर्षे वृद्ध जीवनाथ पूर्णरुपमा स्वस्थ हुनुहुन्छ र अहिले पनि घरका सामान्य काम आफैँ गर्ने, खेतबारीमा खन्ने, एउटा गाई पालेर त्यसको स्याहार गर्ने, घाँस काट्ने आदि गर्नुहुन्छ । उहाँको खान्की भने केवल दिनभरमा तीनवटा स्याउ रहेको छ । उहाँ त्यसलाई उसिनेर हलुवाजस्तो बनाएर अलिअलि खाने गर्नुहुन्छ । 

उहाँ चिया खानु हुन्न, खाएमा घरकै तुलसीको धुलोको चिया मात्र, दूध खाएमा घरमै पालेको कैली गाईको दूध मात्र खानेगर्नु हुन्छ । कामधेनु गाई भन्नु नै कैली गाई हो त्यसको दुधमा शक्ति हुन्छ भन्नुहुन्छ, जीवनाथ । 

एकपटक सामान्य चोटपटक लागेर विराटनगर अस्पताल लगिएकोमा डाक्टरले उहाँ पूर्ण स्वस्थ भएको, कुनै रोग नभएको, बरु अलिकति केही खाइदिए राम्रो हुने भन्ने सुझाव मात्र दिएको छोरा शिव बताउनुहुन्छ । 

उहाँ केही नखाइ पनि बाँच्ने अभ्यास गर्नुहुन्छ । केही नखाइ कसरी यस्तो शक्ति प्राप्त हुन्छ र निरोगी भइन्छ त भन्ने जिज्ञासामा जीवनाथ भन्नुहुन्छ, “आफ्ना बुबा भवानीप्रसाद भट्टराई पनि यस्तै ध्यानी भएकाले आफूले पनि आत्मज्ञानबाटै नून, अन्न छोडी भगवान्को ध्यान र व्रत गरेकाले नै शक्ति प्राप्त भएको हो । उहाँले घरमै भगवतीको मन्दिर स्थापना गर्नु भएको छ भने ‘बूढीबज्यू’ भनिने भगवतीको आस्था र पूजा गर्नुहुन्छ । 

उहाँ वैशाखे पूर्णिमा, ऋषि तर्पणी आदिमा २४ अ‍ै घण्टा नखाइ व्रत बस्नुहुन्छ भने नौरथामा पनि पञ्चमीदेखि सप्तमीसम्म केही नखाइ व्रत बस्नुहुन्छ । उहाँले चिनी पनि त्याग्नुभएको छ । 

जीवनाथ आफ्नो ब्रत र ध्यानले नै स्वस्थ र सक्रीय रहन सफल हुनुभएको इटहरी—४ का मच्छिन्द्रवहादुर बस्नेत र भरत खतिवडा बताउनुहुन्छ । 

उहाँ गाईको मोही भने खानु हुन्छ । बुहारी भावना नेपालका अनुसार आमा सावित्रादेवी पनि निरोगी हुनुहुन्छ र सामान्य खाना खानु हुन्छ तर उहाँले पनि नून तेल छोड्नुभयो र अलिनो खानुहुन्छ, घरबाहिरको घिउ पनि चलाउनुहुन्न । 

जीवनाथले आफ्नो शक्तिबाट धेरैलाई रोगमुक्त पार्नुहुन्छ भने उहाँबाट आरोग्य प्राप्त गर्न झापा, सुनसरीलगायत विभिन्न जिल्ला का साथै काठमाडाँै तथा भारतको आसाम, सिक्किमबाट समेत मानिसहरु आउँछन् र सन्तुष्ट भएर जान्छन् । 

उहाँले यही शक्ति र सक्रियताबाट नै विभिन्न संघसंस्थामा रही कार्य गर्नु भएको छ भने भट्टराई कूल विकास प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा समेत कार्य गरी गोठगाउँमा देवली गराउन महत्वपूर्ण भूमिका पनि खेल्नुभएको थियो । 

यसरी भगवान्को भक्ति र व्रतको शक्तिबाट वृद्धावस्थामा पनि निरोगी र सक्रिय रही समाजमा योगदान गर्न सकिन्छ भन्ने कुरा वृद्ध ध्यानी जीवनाथले प्रमाणित गर्नुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग