2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा सवारी दुर्घटनामा परि एकको मृत्यु, पाँच घाइते

चैत २३, इनरुवा | सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घाइते हुनेमा धनुषा भरतपुर–२ का ३० वर्षीय बुद्दलाल विक, तनहुँ डुम्रे–१ का २२ वर्षीय अशोक अधिकारी, सप्तरी रायपुर–१ का ३५ वर्षीय पवनकुमार यादव, सप्तरी रायपुर–१ का २ वर्षीय कुलदीप यादव र १४ वर्षीय अंशु यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो । घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सिटी रिक्साबाट लडेर एकजनाको मृत्यु 

यसैगरी, सुनसरीको दुहवी नगरपालिका–३ मा सिटी रिक्साबाट लडेर बिहीबार एकजनाको मृत्यु भएको छ । 

मुत्यु हुनेमा दुहबी नगरपालिका–२ का ५५ वर्षीय बुद्ध कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सिटी रिक्साबाट लडेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई