२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एक जुनी पनि साथ नदिएपछी…

२५ चैत्र २०७४, आईतवार ०९:१७

कविता उपाध्याय/चैत २५ लिबाङ, रोल्पा | “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । 

विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहोर्याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिसाएजस्तो गरेपनि जवानीले उनलाई कुत्कुत्याउन थाल्यो । उनले पनि झन् मख्ख पर्दै फोनमै सवालजवाफ गर्न थालिन् । सहपाठी उनकै आफन्त थिए । उमेरले आफूभन्दा करीब एक वर्ष जेठो । 

किशोरी जिल्लाकै एक सरकारी विद्यालयमा कक्षा ९ र किशोर कक्षा १० मा अध्ययनरत थिए । सुन्दा कुनै चलचित्रको कथा जस्तो लागे पनि यो काल्पनिक कथा होइन । जिल्लाकै एक जोडीको वास्तविक प्रेम कथा हो । करीब एक घण्टाको दूरीमा उनीहरुको बासस्थान थियो भने नाताले पनि उनीहरु आफन्त नै पर्थे । यसकारण उनीहरुको भेटघाट तथा चिनजान सहज रुपमा अगाडि बढेको थियो । 

भोलिपल्ट प्रार्थनाका समयमा विद्यालयमा दुबैजनाको भेट भयो । सहपाठी रिसाउँछिन् कि भन्ने चिन्ताले ती किशोरलाई अलि नरमाइलो लागिरहेको थियो तर, किशोरीले मौन स्वीकृति जनाउन थालेपछि किशोरलाई नजिकबाटै खुलेर बोल्न सहज भयो । उनले खाजा खाने समयमा किशोरीसँग भेटेर उही बाक्य दोहोर्याए – “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” । 

किशोरीका अनुसार यसअघि पनि उनीहरुका बीच सामान्य कुराकानी तथा भेटघाट भइरहन्थ्यो । एकले अर्कालाई मन पराउन पनि थालिसकेका थिए । तर प्रेम प्रस्ताव राख्ने हिम्मत भने दुबैले गरेका थिएनन् । यो जोडीलाई मोबाइलले साइनो गाँस्न सहज बनाइदियो । 

यसपछिका दिनमा दुबैबीच फोनबाट घण्टौं कुराकानी हुन थाल्यो । प्रेम चलेको करीब तीन महिना नपुग्दै यो जोडीले आजभन्दा ५ वर्ष पहिले प्रेम विवाह गर्यो । विवाह पूर्वका दिनभन्दा विवाह पछिका दिनहरु केही निरसिला बन्न थाले । दुबैका वीच मनमुटाव हुन थाल्यो । स–साना कुरामा पनि घण्टौं बहस चल्न थालेपछि सम्बन्धले जटिल मोड लिँदै गएको किशोरीको भनाइ छ । 

“प्रेम र विवाह शायद फरक कुरा रै’छन्,” किशोरीले भनिन् । प्रेम चल्दाका बखत आफूलाई हेरेर बाँच्न सक्छु भन्नेले विवाह पछिका दिनमा फरक ब्यवहार गर्न थाले । विवाह गरिसकेपछि विद्यालय जाने वातावरण पनि बिग्रियो । घरको कामकाजमा बाधा पुग्ने भन्दै परिवारले विद्यालय जान रोक लगाएका कारण उनी विद्यालय जान सकेनन् । 

विवाह पछि आर्थिक भार थपिँदै गएका कारण गरिबी र बेरोजगारीले गला थिच्न थाल्यो र दिनहँु घरझगडा हुन थाल्यो । फलतः विवाह गरेको करीब १ वर्ष नपुग्दै गर्भमा नासो छाडेर श्रीमान् विदेशिए । 

“मैले यता दुःखसुख गरेर काखको नानी दुईवर्ष बनाएपछि उनी घर फर्किए तर उनले मेरो वास्ता गर्न छोडे,” उनले भनिन् । उनको मोबाइल अर्र्कै प्रेमिकाका लागि बज्न थालेको छ भन्ने सुनेकी उनले त्यस पुरुषसँग बाँच्न नसक्ने निधो गरेर जिल्ला अदालत रोल्पामा करीब एकवर्ष पहिले मैले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । अदालतबाट सम्बन्ध विच्छेद भयो । जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एकै जुनी पनि साथ दिन सकेनन् । “त्यसैले अहिले उनी र म आ–आफ्नो बाटोमा छौं,” उनले भनिन् – “पढ्ने उमेरमा बुद्धि बिग्रिएपछि न पढाइ बन्यो न घरबार ।” 

अदालतले उनीसँग जोडेको घरबार भत्काएर आफूलाई न्याय गरेको उनको भनाइ छ । “केटा मान्छेको जात स्वार्थी हुँदोरहेछ, जता राम्रो देख्यो उतै ढल्किँदा रहेछन् त्यसैले अब दोस्रो बिहे नगर्ने निधो गरेकी छु,” उनले भनिन् । उनका अनुसार उनका श्रीमान्ले भने अहिले दोस्रो बिहे गरिसकेका छन् । जिल्ला अदालत रोल्पाका अनुसार पछिल्ला दिनमा मोबाइलका कारण कतिका नयाँ घरबार बनेका छन् भने कतिका घरबार बिग्रिएका छन् । सम्बन्ध जोड्न मोबाइल वा सामाजिक सञ्जाल सहज साधन हुन् नै सुखी जीवनका लागि पनि यिनको उपयोग भइदिए उत्तम हुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य