२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बिहे गर्ने उमेरमा दुई सन्तानकी आमा बनिन् जुम्लाकी बिनिता

२०७५, ४ बैशाख मंगलवार ०८:२८

हेमन्त केसी/वैशाख ४ जाजरकोट | जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् । 


गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो । त्यतिखेर बिहेबारे आफूलाई राम्रो ज्ञान नै थिएन तर बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनले गुनासो गरिन् । 

“सोह्र वर्षको हुँदा पहिलो सन्तानका रूपमा छोरा जन्माएँ । कलिलै उमेर भएकाले सुत्केरी हुन निकै कठिन भयो”, उनले अतीत सम्झँदै भनिन्, “तीन वर्षपछि दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएँ । श्रीमान्ले ८ कक्षासम्म पढेर छोड्नुभयो । मेरो ६ कक्षामै पढाइ छुट्यो । अहिले न हातमा सीप छ न योग्यता नै । घरको आर्थिक अवस्था निकै नाजुक छ तर दुवैजना बेरोजगार हुँदा कसरी जिन्दगी बिताउने भन्ने चिन्ताले सताउन थालेको छ ।” 

सानैमा बिहे गरेकामा पछुतो 

उनले सानैमा बिहे गरेकामा अहिले उनलाई पछुतो लागेको छ । कलिलै उमेरमा बिहे गरेर बच्चा जन्माउनु पर्दा आफ्नो र बच्चाको स्वास्थ्य कमजोर छ । बच्चालाई कुपोषणले सताएको छ । आफ्नै बारीमा लगाएको अन्नले गुजारा नचलेपछि घर खर्च चलाउनका लागि श्रीमान् पाँच महिनाअघि कामको खोजीमा भारतको कालापहाड गएका छन् । घरमा सासू ससुरा, देवर, नन्द, छोरा, छोरी र म छौँ बिहान बेलुकाको छाक टार्न पनि निकै मुस्किल पर्छ, उनले भनिन् । 

सोही ठाउँकी पदमी बुढाको उमेर अहिले भर्खर १८ वर्षको भयो । उनको पनि तीन वर्षअघि नै बिहे भएको हो । उनको काखमा दुई वर्षकी छोरी छ । श्रीमान् रामबहादुर बुढा वैदेशिक कामको सिलसिलामा एक वर्षदेखि भारतमा छन् । आठ कक्षामा पढ्दै गर्दा उनको उमेर १५ वर्षको थियो । त्यतिखेरै पदमी र रामबहादुरका परिवारबीच कुराकानी चलेपछि परिवारले उनीहरूको बिहे गराइदिए । 

बिहेसँगै बुहारीका रूपमा घरायसी काम गर्नुपर्ने बाध्यताले उनको पढाइ छुट्यो बिहेपछि सुन्दर भविष्यको कल्पना गर्ने पवित्राका जीवन अहिले बोझिलो लागेको उनको गुनासो छ । 

“बिहे के हो रु बिहे किन गनुपर्छ रु केही थाहा थिएन । बाआमाको आदेशले बिहे गरेँ । पढ्न पनि पाइनँ ।” गुनासो गर्दै उनले भनिन्, “उमेर नपुगी बिहे गर्नु र गराउनु दुवै बेठिक रहेछ । मैले गरे पनि मेरा सन्तानलाई उमेर नपुगी बिहे गराउँदिन । केटाकेटीलाई राम्रोसँग पढाउँछु । शिक्षा नै ठूलो कुरा रहेछ ।” 

विनिता र पदमीमात्र होइन गाउँमा १५ वर्ष नपुग्दै बिहे गरेका तीन दर्जनभन्दा बढी आमा छन् । यो गाउँमा मात्र होइन जिल्लाका अधिकांश ग्रामीण भेगमा उमेर नपुग्दै बिहे गर्न परिवारले नै प्रोत्साहन दिने गरेका छन् । केटीको उमेर नपुगे पनि केटा पक्षले कुरा चलाए आमाबाबुले नै बिहे गरिदिने गरेको पाइन्छ । 

यो चलन संस्कारकै रूपमा चल्दै आएको छ । केही शिक्षित परिवारले छोराछोरीको पठनपाठनमा ध्यान दिने गरे पनि अन्यले छोरीलाई बिहे नगरी राख्यो भने बिग्रन्छन् । छिट्टै बिहे गरे पुण्य कमाइन्छ भन्ने रूढीवादी सोचले गर्दा पनि यहाँका किशोरीको उमेर नपुग्दै बिहे हुने गरेको हो । 

गरीब, दलित र निम्न आयस्तर भएका परिवारमा आमाबाबुले नै कलिलै उमेरमा बिहे गर्ने प्रवृत्ति बढ्दो भएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । अलि पढेलेखेका र हुनेखाने घरका केटाकेटी पनि बढ्दो प्रविधिको प्रयोग र देखासिकीले गर्दा पढ्दापढ्दै बिहे गर्ने चलन धेरै रहेको स्थानीय शिक्षक कालीबहादुर भण्डारी बताउनुहुन्छ । बढ्दो बालविवाह अहिले चुनौतीको रूपमा देखिएको उहाँको भनाइ छ । 

कलिलै उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । उमेर नपुग्दै गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर हुनाका साथै त्यस्ता अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिने गरेको छ । उमेर नपुग्दै गरिने विवाहका कारण सम्बन्धविच्छेदका घटना पनि बढ्दै गएका छन् । सानैमा बिहे गर्ने केही वर्षपछि श्रीमान्ले सौता हाल्ने र त्यसपछि सम्बन्धविच्छेद हुने गरेको पाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण