2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरान खानेपानी आयोजनामा लापारवाही

वैशाख ४ इटहरी | धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ । 

धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका अुनसार आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको चरम लापरवाहीका कारण नौ महिना अघि सम्पन्न भइसक्नुपर्ने सो आयोजना म्याद गुज्रिसक्दा पनि पुरा गरिएको छैन । 

स्थानीय तहको निर्वाचनअघिसम्म सन्तोषजनक ढंगले निर्माण कार्य भइरहे पनि जनप्रतिनिधि निर्वाचित भई आएपछि आयोजनाका पदाधिकारीले अनुगमन समितिलाई नै बेवास्ता गरेको उहाँको आरोप थियो । 

जनप्रतिनिधिले कार्यभार सम्हालेलगत्तै बैठक बोलाउन आग्रह गरे पनि आनाकानी गरी धेरै पछि अनुगमन समितिका सल्लाहकारलाई मात्र बोलाएर न्यून उपस्थिति भयो भन्दै बैठक स्थगित गरेको र त्यसपछि कुनै पहल नगरेको समेत संयोजक गोलेले गुनासो गर्नुभयो । 

एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल रु एक करोड ४८ लाख लगानीमा निर्माणाधीन धरान खानेपानी आयोजनाको निर्माण कार्य २०७२ साउनदेखि शुरु भई २०७४ साउनमा सम्पन्न गर्ने गरी ठेकेदार टियानजिन तुन्दी जोइन्ट भेन्चरलाई ठेक्का दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई