२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नयाँ वर्षको अवसरमा पाँचथरमा चौँरी महोत्सव सम्पन्न

४ बैशाख २०७५, मंगलवार ११:२०

वैशाख ४ पाँचथर | नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । 

महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर्न लागेको चौँरीपालन पेशाको संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । फालेलुङ–४ चाररातेमा आयोजित महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रबाट २०० भन्दा बढी चौँरी प्रदर्शनीका लागि ल्याइएको थियो । 

युवा पलायन हुन थालेको र पुस्तौँदेखि गर्दै आएको चौँरीपालन पेशा युवा पुस्ताले सम्हाल्न नसक्दा चौँरी लोप हुन लागेका कारण महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “चरिचरन क्षेत्रको अभावमा चौँरी र चौँरी गोठ लोप हुन लागेका छन्, चौँरीको संरक्षण गर्न तथा उत्पादनको बजार खोज्न महोत्सवको आयोजना गरिएको हो ।” 

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित चाररातेमा आयोजित महोत्सव फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन विकास समितिले आयोजना गरेको हो । महोत्सवबाट नेपाल, भारत र भुटानको उच्च पहाडी क्षेत्र तथा चौँरीपालन व्यवसायमा रहेको सम्बन्धलाई प्रगाढ बनाउनसमेत मद्दत पुग्ने आयोजकले जनाएको छ । महोत्सवस्थलमा चौँरी लिएर आएका किसानले भारतको सिक्किम र पश्चिम बंगाल राज्यले आफ्नो भूमिमा चौँरी चराउन प्रतिबन्ध लगाएपछि चौँरीपालन व्यवसाय संकटमा पर्न थालेको गुनासो गरेका छन् । 

नेपालको पूर्व–पश्चिम दार्चुला, डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लम्जुङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङा र रसुवाको हिमाली क्षेत्र चौँरीको पकेट क्षेत्र हो । नेपालमा चौँरीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको हुँदा यसको संरक्षण गर्न थालिएको छ । विगतमा भन्दा ६० देखि ७० प्रतिशतले चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसान बताउँछन् । युवा विदेश पलायन हुने र आफ्ना बाबु बाजेले अंगालेको पेशा युवा पुस्ताले अंगाल्न नसक्दा चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसानको भनाइ छ । 

पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा, वा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । यो याक वा नाकभन्दा फरक प्रकृतिको जनावर हो । याक वा नाकलाई पनि चौँरीभन्दा उच्च प्रजातिमै समावेश गरिन्छ । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । याक र पहाडी गाई (किर्खो) बाट जन्मने चौँरीलाई ‘उराङ’ वा ‘झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको संसर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ‘झोप्क्यो’ भनिन्छ । 

नेपालमा उत्पादन हुने चौँरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्यू, मखन र पनिर कोशेलीका रुपमा देश तथा विदेशमा लैजाने गरेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान