८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा

५ बैशाख २०७५, बुधबार ११:४५

मीना घोरसाइने/वैशाख ५ ताप्लेजुङ | मानिस आफ्नो आवश्यकता पूरा गर्न जे काम गर्न पनि तयार हुन्छन् । अन्य र समाजका लागि भन्दा पनि आफ्नै लागि मात्र जिउने मानिसको संख्या समाजमा धेरै पाइन्छ । 

दमकका युवाको स्वभाव भने फरक देखिएको छ । त्यहाँका युवा गाउँकै नवदुर्गा मन्दिर बनाउनका लागि विगत १६ वर्षदेखि पदयात्रा गरिरहेका छन् । उक्त मन्दिर स्थापनाका लागि दमकदेखि त्यहाँका युवा पाथिभरासम्म आइपुग्ने गरेका छन् । विसं २०५८ देखि शुरु भएको पदयात्रा यसवर्ष आएर भने टुंगिएको दमकका ४० वर्षीय पदयात्री मदन राईले बताउनुभयो । 

निरन्तर १६ वर्षदेखि पदयात्रा गर्दै आउनुभएका उहाँले हालसम्म थुपै्र अनुभव बटुल्दै आउनुभएको छ ।

 उहाँले पदयात्राका लागि प्रमुख व्यक्तिका रुपमा समेत भूमिका निभाउँदै आउनुभएको छ । “विविध कारणले संख्या घटबढ भए पनि उद्देश्य भने पूरा गरेरै छाड्यौं,” उहाँले भन्नुभयो, “आठ जनाबाट शुरु भएको उक्त पदयात्रा रामनवमीको भोलिपल्टदेखि शुरु हुनेगरेको थियो । तर यसवर्ष भने विद्यार्थीको परीक्षाका कारण चैत २२ गतेदेखि मात्र शुरु भएको राईले जानकारी दिनुभयो । 

समयको अन्तरालसँगै पदयात्रामा युवाको संख्यामा घटबढ भए पनि त्यसको उद्देश्य भने पूरा भइसकेको छ । मन्दिरको दयनीय अवस्थालाई सहज बनाउन नै युवा एकजुट भएर लागेका थिए । पदयात्राका क्रममा अन्य व्यक्ति सहभागी बन्न नसके पनि राईले भने प्रमुख नै बनेर त्यसलाई निरन्तरता दिँदै आउनुभएको थियो । “बाटोमा हिँड्ने क्रममा कतिपय साथी निरन्तर २४ घण्टासम्म बाटो भुलेर हिँड्ने गर्नुभएको छ,” यात्राको रमाइलो क्षणलाई उहाँले राससलाई भन्नुभयो । 

पदयात्राले दमकको नवदुर्गा मन्दिर भएको समुदायमा सकारात्मक परिवर्तन आएको उहाँले जानकारी दिनुभयो । 

युवाले शुरु गरेको नयाँ सोचलाई साथ दिन समुदायका अन्य अग्रज पनि लागि परेका थिए । त्यसमा श्यामकृष्ण ताम्राकार पनि एक हुनुहुन्छ । विगत सात वर्षदेखि सहभागी बन्दै आउनुभएका ताम्राकारले पनि पदयात्राका क्रममा थुप्रै अनुभव बटुल्नुभएको छ । ताम्राकार पाथीभरासम्मको यात्राबाट आफ्नो मनले चिताएको पूरा हुन्छ भन्ने कुरामा पूर्ण विश्वास राख्नुहुन्छ । “कहिले एकादशी त कहिले पूर्णिमाको दिन पारेर नै पाथीभरा आइपुग्ने गरेका छौंँ”, उहाँले भन्नुभयो । सात वर्षको यात्रामा कुनै पनि अप्रिय घटना नभएको उहाँले राससलाई जानकारी दिनुभयो । उमेर धेरै भए पनि उहाँ उत्तिकै स्फूर्त हुनुहुन्छ । पाथीभराको आर्शीवादले नै आफू स्वस्थ्य रहेकामा उहाँ विश्वस्त हुनुहुन्छ । 

“ठाउँ ठाउँमा बास बस्दै मन्दिरसम्म आउने गरेका छाँैं,” उहाँले बताउनुभयो । यात्राका क्रममा धेरै थकान भए पनि पाथीभरासम्म पुग्दा आफ्नो दुःख पीडा सबै भुल्ने गरेको उहाँले बताउनुभयो । आफ्नै प्रेरणाबाट नै अन्य युवा सहभागी बनेको उहाँले जानकारी दिनुभयो । 

पदयात्राका लागि शुरुआतमा युवाले नै साथ दिएका थिए । त्यसमा समुदायको पूर्ण साथ र सहयोग रहेको थियो । त्यसमा राई पनि २०६८ सालदेखि पदयात्रामा सहभागी बन्दै आउनुभएको छ । पदयात्रालाई साथ दिन ‘दमकदेखि पाथीभरासम्म’ भन्ने समूह गठन गरी दमकका युवाले साथ दिन थालेका थिए । 

विसं २०७४ मा गठन भएको उक्त समूहले पदयात्राको प्रचारप्रसारको काम शुरु गरेको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन समूहको गठन गरिएको समूहका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो । “समूहको प्रमुख उद्देश्य आन्तरिक धार्मिक पर्यटनमा वृद्धि गर्नु र मानवीय सद्भाव बढाउनु नै हो”, उहाँले भन्नुभयो । 

यस वर्षदेखि समूहको प्रमुख मात्र नभइ पदयात्रीका रुपमा नै सहभागी बन्नुभएको थियो । “यात्राको तेस्रो दिन बाटो थाहा नपाएर २३ घण्टासम्म लगातार हिँडेँ,” उहाँले भन्नुभयो । बाटो बिराए पनि आफूले पदयात्रालाई सकारात्मक र महत्वपूर्ण रुपमा लिएको उहाँले बताउनुभयो । 

पहिलो वर्ष भए पनि आन्तरिक पर्यटन बढाउन समूहले आगामी वर्ष पनि निरन्तर पदयात्रा गर्न युवालाई प्रेरित गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो । धार्मिक रुपमा समेत आस्था राख्ने २२ वर्षीय अध्यक्ष खड्का पनि अर्काे वर्ष पाथीभरा आउन भाकल राखिएको बताउनुभयो । 

“यस्ता धार्मिक पर्यटनको प्रचार गर्न सके आर्थिक रुपमा पनि उपार्जन हुनसक्छ,” उहाँले भन्नुभयो । धार्मिक पर्यटनमा युवाको विशेष भूमिका रहने उहाँले बताउनुभयो । 

पहिले मन्दिरको जग्गा जम्मा एक कठ्ठा मात्र रहेको तर अहिले आठ कठ्ठासम्मको स्थितिमा आइपुगेको छ । भने मन्दिरको स्थापनाका लागि समुदायबाट श्रमदानलगायत जग्गा समेत हस्तान्तरण हुँदै आइरहेको छ । विशेषगरी दशैंँका समयमा जात्रा लाग्ने उक्त मन्दिरमा भजनकीर्तनका लागि अहिले सत्तलको समेत स्थापना भइसकेको छ । त्यस्तै पक्की र व्यवस्थित भवनसमेत बनिसकेको छ । 

पदयात्राका लागि झापाका युवा धनकुटा, तेह्रथुम, पाँचथर हुँदै हिँडेरै ताप्लेजुङको पाथीभरासम्म आउने गरेका छन् । मन्दिरको स्थापना मात्र नभइ अन्य सामाजिक काम पनि पदयात्राको सहयोगबाट नै गर्ने कुरामा त्यहाँका युवा विश्वस्त छन् । 

पदयात्राका लागि युवाले आवश्यक रकम व्यक्तिगत रुपमा नै खर्च गर्दै आएका छन् । उक्त पदयात्रा नववर्ष २०७५ को अवसर पारेर पूरा भएको थियो । दमकका युवामा जस्तै अन्य युवामा पनि नयाँ सोचको विकास हुन सके समाजको विकास सम्भव छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना