२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसले युगपुरुषलाई ६ बर्षमै भुल्यो

२०७२, ७ चैत्र आईतवार १०:५८

Girija-koirala.jpgपर्वत,  नेपाली काँग्रेसले आफ्नो पार्टीका लोकतान्त्रि आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालालाई ६ बर्ष नवित्तै भुलेको छ  ।

कोइरालको छैठौं स्मृति दिवस भएपनि पर्वत काँग्रेसले कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेको छैन । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।

कोइराला परिवारको नेकामा भएको बर्चस्व १३ औं महाधिवेशनको अबधीमा भएको सुशिल कोइरालको निधनसँगै अन्त्य भएको जस्तो देखिएको छ ।

effefe43f

जसका कारण पनि कोइरालाको योगदान र कदरको मुल्याङकन गरी नेका पर्वतले एक दिनपनि कोइरालालाई सम्झेर पुष्पा अर्पण गर्न सकेन । पार्टीभित्र कोइराला परिवार र कोइरालाले गरेको योगदानको नेकाले १३ औ अधिवेशन सकिएसँगै उनीहरुको योगदानलाई तिलाञ्जली दिएको छ ।

देशभरी पनि विभिन्न ठाउमा विभिन्न संगठनको आयोजनामा  कोइरालाको सम्झना गरिएको बताइता पनि त्यो भने हुन सकेको देखिएन । स्वर्गिय कोईरालालाई काँग्रेसका मात्रै नेता नमानी सिंङो मुलुककै महानायक, युगपुरुष आदी नामले चिनाउने गरिन्छ । तर अन्य दल तथा सरकारको तर्फबाट उनको संझनाका कुनै कार्यक्रम आयोजना नहुनुलाई अस्वभाविक मानिएको त छ नै, आफ्नै पार्टीले समेत नसंझनु गैरजिम्मेवारपनका रुपमा लिईएको छ ।

12884545_1007744432613998_1594410003_n

उनको संझनामा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम नगर्दा आम कार्यकर्ताहरुले पनि हिनतावोध गरेका छन् ।  उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई निर्वाचनमा गएको थियो ।

उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो।  २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनपछि उनी राजनितिमा लागेका हुन् । उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वा्िचत प्रधानमन्त्री बनेका थिए भने २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भएका थिए ।

२०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । उनकै नेतृत्वमा मुलुकमा २०६२÷६३ मा ऐतिहासिक जनआन्दोलन भएको थियो । जनआन्दोलनपछि राष्ट्रप्रमुख र सरकारप्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाउने उनी एक मात्र नेपाली नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर