२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यार्सागुम्बा चोरी गर्ने सातजना पक्राउ

२०७५, १२ बैशाख बुधबार ०३:००

टेकबहादुर शाही | बैशाख १२, डोल्पा | हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलनगर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् ।

उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जकोमुख्य क्षेत्रमा पर्ने कागमारा हिमालबाट राती १२ बजे पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पाँच जना महिला दुई जना पुरुष रहेको शे– फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।

पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं ४ छाँचुका ३० बर्षिया युवराज बुढा,मुड्केचुला गाँउपालिका ८ ओक्टका  १६ बर्षिया ओम बहादुर रोकाय,जुम्ला जिल्ला गोठिचौर गाँउपालिकाका वडा नं १ बस्ने ४६ बर्षिया सुर्य बस्नेत,सोही ठेगानाकै २४ बर्षिया चन्द्रलोक सिँह बस्नेत,सोही ठेगानाकै २४ बर्षिया युवराज बस्नेत,सोही ठेगानाकै बर्ष १८ की संगिता बस्नेत र सोही ठेगानाकै १८ बर्षिया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिनुभयो ।

उनिहरु अवैध रुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलनगर्ने अभिप्रायले गएपनि उनिहरुले यार्सागुम्बा टिप्न नपाएको चौधरीले बताए । निजहरुबाट लत्ता कपडा,पाल,चाउचाउ,कुटो लगाएतका बन्दोबस्तीका सामानहरु समेत बरामत गरिएको निकुञ्जले जनाएको छ ।

पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषि ठहर गरेर बोलाएको खण्डमा उपस्थितहुने गरि प्रतिब्यक्ति दश हजार धरौटीमा छोडिएको समेत निकुञ्जका संरक्षण अधिकृत चौधरीले बताए ।

पक्राउ परेका बाँकी पाँच जनालाई निकुञ्जको कार्यालय सुलिगाडमा ल्याएर थुनामा राख्दै अनुसन्धान सुरु गरिएको समेत उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने