<p><b>वैशाख ३० इनरुवा |</b> सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । <br></p><p>पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस</p>
May 13, 2018
समाज, सुनसरी - SNS
सुनसरीमा करेन्ट लागेर एकको मृत्यु
By kit
1 मिनेट पढाइ










