Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा यार्सा सिजन शुरु यार्सा टिप्न जेष्ठ ५ गतेबाट वन खोलिने

२०७५, ३० बैशाख आईतवार ११:०७

दान बहादुर बुढा/बैशाख ३१, मुगु | मुगु जिल्लाका विभिन्न वनहरुमा पाईने वहुमुल्य बुटी यार्सागुम्वा संकलनका लागी यो बर्ष जेष्ठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ ।


मुगुम कार्मारोङ्ग गाँउपालिकाको गाँउ कार्यपालिकाको बैठकले यो बर्ष जेष्ठ ५ गतेबाट यार्सा संकलन गर्नका लागी संकलकहरुलाई वन प्रवेश खुल्ला गर्ने निर्णय गरेको छ । 

मुगम कामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार यार्सागुम्वा संकलनका लागी मुगु जिल्लाका बासिन्दालाई प्रति व्यक्ति १५ सय र जिल्ला बाहिरका संकलकहरुलाई प्रति व्यक्ति २ हजार प्रवेश शुल्क तोकिएको छ भने यसरी संकलन भएको शुल्क गाँउपालिका,व्यवस्थापन र यार्सा पाईने वडालाई भाग गरिनेछ । 


प्रवेश शुल्क वाफत संकलित शुल्क गाँउपालिकाले ३० प्रतिशत,व्यवस्थापन खर्च ३० प्रतिशत र सम्वन्धित वडा नं २ लाई ४० प्रतिशत रकम दिने गरि विभाजन गरिने भएको छ । 

यो बर्ष यार्साबाट यो बर्ष १ करोट राजश्व उठाउर्ने लक्ष्य रहेको छ भर्ने यार्सा टिप्ने पाटनमा जाने स्थानिय तथा बाहिरीय जिल्ला बाट आउर्नेहरुको लागी शुरक्षाको लागी शसस्त्र प्रहरी ४२ जना र नेपाल प्रहरी ३५ जनाको ब्याबस्था गरी सकेको मुगम कामारोङ्गगाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताएका छन | 

मुगु जिल्लाका उच्च हिमाली पाटनहरुमा पाईने यार्सागुम्वा संकलनकाका लागी कणाली प्रदेशका १० जिल्ला लगायत बाजुरा,जाजरकोट,अछाम,बाँके,बर्दिया,कैलाली,कापे्रपलान्चोक,सिन्धुपाल्चोक,तनहु कास्की,मनाङ्ग,मुस्ताङ्ग जुम्ला,हुम्ला कलीकोट,बाट हजारौ संकलक र खरिदकर्ताहरु मुगु जिल्लामा आउने गर्दछन । 


यार्सा सिजन शुरु भएसंगै पाटन जानका लागी मानिसहरुको हिजो आज निकै चहलपहल बढन थालेको छ ।भर्ने पाटन निर जाने यार्सा संकलकहरु दिनिक ४,५ सय जनाहरु मुगुको यार्सा पाईर्ने क्षेत्र तिर जादैछन ।

यार्सा टिप्न मुगुको शिरानिसण भन्ने ठाँउमा पुग्यका जुम्ला जिल्ला कानका सुन्दरी ३ ओखरपाटा गरी बस्र्ने रुप बहादुर बुढाका अनुसार गर्त बर्ष पनि आएको हो अहिले सम्म ४,५ दिन भई सकेको छ बन क्षेत्रमा कहिले पसाल्नेहुन एकदम जोखीम रुपमा काम ज्यानको बाजि राखेर जानु प्रर्ने हुन्छ भन्दै बताउन्छन । बाईट नम्बर २ पाटनमा चाहिने झोल खानेकुरा,न्याना कपडा,पाल,म्याटेस,औषधीहरु यो बेला बढी मात्रामा विक्री हुने भएकाले व्यापारीहरुले यी सामान अधिक मात्रामा स्टक राखेका छन । 


यार्सागुब्बा संकलकबाट प्रवेश शुल्क बाफत बर्षेनी करोड भन्दा बढी रकम संकलन हुदै आएको छ । 

विगत बर्षहरुमा करोड बढी रकम उठेपनि गत बर्ष स्थानिय,संघ र प्रदेशको निर्वाचन भएकाले यार्सा संकलकहरु कम आएका थिए भने यो बर्ष प्रवेश शुल्कबाट जिल्ला विकास समितीले ७० लाख उठाएको थियो जबकी आर्थीक बर्ष २०७२÷०७३ मा १ करोड ६० लाख प्रवेश शुल्क उठेको थियो ।


गत बर्षसम्म साविक जिल्ला विकास समिती र मुगु गाँउ विकास समितीले  उठाउदै आएको यार्सा शुल्क स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गदै  यो बर्षबाट स्थानिय सरकार मुगुम कार्मारोङ्ग गाँउपालिका र सोहि पालिकाको २ नं वडा कार्यालयले उक्त कर उठाउने छन । 

जिल्लामा रहेका ४ स्थानिय तह मध्य यो गाँउपालिकाको वडा नं १ र २ मा अधिक मात्रामा यार्सागुब्वा पाईने भएपनि वडा नं १ डोल्फुका सबै पाटनहरु से फोक्सुन्डो राष्टिय निकुन्जको मध्यवती क्षेत्र परेकाले निकुन्जले शुल्क उठाउदै आएको छ भने २ नं वडामा मात्र स्थानिय सरकारले कर उठाउनेछ । 

वडा नं २ मुगु गाँउका माथिल्लो कोईकी,तल्लो कोईकी,थाक खोला,रिमाड,छापलोला,मुगु पाटन,पुरानो मुगु पाटन लगायत १ दर्जन वढी पाटनमा यार्सागुम्वा पाईन्छ । 

संकलकहरु आफुले संकलन गरेका यार्सा मध्य गुणस्तरका आधारमा १ नम्बरकोलाई प्रति १ बुटीको १ हजार २ नम्बरको प्रति १ बुटीको ५ सय र ३ नम्बरको प्रति १ बुटीको २ सयका दरले खरिद कर्तालाई विक्री गर्ने गर्दछन ।

 १ केजी यार्सा पुग्न १ नं बुटी २७ सय वटा, २ नं बुटी ३५ सय वटा र ३ नं बुटी ४ हजार वटा चाहिन्छ । व्यापारीहरुका अनुसार यसरी संकलन गरिएको यार्सा तिब्बती बजार तथा काठमाडौ,पोखरा र डिल्लीमा प्रति केजी १ नं को ४० लाख २ नं को ३० लाख र ३ नं को २० लाख मुल्यमा विक्री हुने गर्दछ ।

जेष्ठ महिना देखि असार पहिलो साता सम्म यार्सा संकलन गरिने भएकाले बर्षभरीको खर्च जुटाउन गाँउका गाँउ खाली बेरोजगार गरेर युवा,बालबालिका सहित पाटनमा जाने गर्दछन भने यो वेला छायाँनाथ रारानगरपालिका र मुगु कार्मारोङ्ग गाँउपालिकामा रहेका विद्याालयमा विद्याथीको न्यून उपस्थिती हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला