2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुनसरी र मोरङका विभिन्न स्थानमा पुल निर्माण आयोजना अलपत्र बन्दै

जेठ ८ इटहरी | सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ । 

सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीअन्तर्गत ठेक्का लगाइएका अधिकांश पक्की पुलमध्ये अधिकांश अधूरो नै छाडिएको जनताको गुनासो छ । पुल निर्माण आयोजनाका अनुसार यी दुई जिल्लामा पर्ने स्थानीय सडकमा सानाठूला गरी रु दुई करोडदेखि रु १४ करोड लागतसम्मका ३७ पक्की पुल बोलपत्र आह्वानसँगै स्वीकृत भएर निर्माण कम्पनीमार्फत निर्माण थालिएका हुन् । 

यी पक्की पुल सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने शर्तमा निर्माण ठेक्का लागेका हुन् । ठेकेदार कम्पनीमार्फत निर्माण थालिएका यी अधिकांश पक्की पुल निर्माण गरिसक्नुपर्ने समय गुज्रिए पनिसम्पन्न हुने छेकछन्दसमेत नदेखिने गरेको पुल निर्माण क्षेत्रका स्थानीयवासी सेवग्राहीको भनाइ छ । 

सुनसरी मोरङ पुल निर्माणसम्बन्धी आयोजनाले धेरै पुल पुराना आर्थिक वर्षमा ठेक्का लागेका र केही भने १५ वर्षअघि ठेक्का लागेर निर्माण नभई अधूरो अवस्थामा रहेको पनि स्वीकार गरेको छ । 

आयोजनाले चालु आर्थिक वर्षमा मात्र १५ साना तथा ठूला पुल निर्माणको ठेक्का लागेर निर्माणको काम अघि बढाइएको आयोजनाले जानकारी दिँदै ती पुलमध्ये धेरै तोकिएको समयमा निर्माण पूरा हुन सक्ने सम्भावना कम रहेको बताएको छ । 

आयोजनाका अनुसार चालु आर्थिक वर्षका लागि पुल निर्माण गर्न सडक विभागबाट दुई पटक गरी रु १५ करोड ६० लाख निकासा भएको छ । अहिले पुल निर्माणको काम गरिरहेका र बिल पेश गरेका ठेकेदारलाई धेरै रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । विभागबाट सानो आकारमा बजेट निकासा भएकाले पुल निर्माणको काम प्रभावित हुने गरेको आयोजनाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई