२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

न्यायिक समितिमा उजुरी आउँने क्रम बढ्दै, स्थानिय तहमा कानुनी सल्लाहकार आबश्यक

१२ जेष्ठ २०७५, शनिबार ०९:२७

लोकेन्द्र प्रशाद जोशी | जेठ १२, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहहरुमा न्यायिक समिति गठन भएर कार्यसम्पादन शुरु गरेसंगै उजुरीको संख्या बढ्दै गएको छ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दार्चुलाका स्थानीय तहहरुमा पारीवारिक कलह, घरेलु हिंसा, महिला हिंसा, आर्थिक लेनदेन, योजना विवाद देखि लिएर बहुविवाह सम्मका मुद्धाहरु पर्न थालेको अपिहिमाल गाउँपालिका उपाध्यक्ष एबं न्यायिक समिति संयोजक उर्मीला बोहराले जानकारी दिए ।

संविधानले न्यायिक समितिलाई कानुन बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने प्रावधान अनुसार समिति गठन भएर बिबाद समाधान गर्ने काम भइरहेको हो । हालसम्म ९ वटै स्थानीय तहमा गरी झन्डै ६० बढि उजुरी परेका छन् । दिनहुजसो बिभिन्न बिबादहरु आउँन थालेसंगै कानुनि ज्ञानको अभाब र अन्यौलता एबं बिभिन्न समस्याहरुकाकारण न्यायसम्पादनमा समस्या भइरहेको न्यायिक समिति संयोजक एबं मालिकार्जुन गाउँपालिका उपप्रमुख पुस्पा अवस्थीले बताए ।


न्यायिक समितिमा आएका उजुरीहरुलाई मिलाउन नसकिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय र अदालततिर पठाउने गरीएको छ । मुख्यतया न्यायिक समितिमा पतिपत्नी वा सासु बुहारीबिचका झगडा, सम्बन्ध मिलापत्र वा बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, लेनदेन, सम्पत्ति बिबाद, योजनाहरुको बिबाद लगायतका उजुरी आउने गरेका छन । संविधानले स्थानीय तहलाइ दिएको २२ वटा अधिकार सूची मध्ये उपप्रमुखले निर्वाह गर्ने गरी स्थानीय अदालत, मेलमिलापको भूमिका महत्वपूर्ण छ । तर न्यायिक समितिमा बसेका पदाधिकारीहरुले कानुन नपढेका कारण न्याय सम्पदानमा थुप्रै जटिलताहरु देखा पर्ने गरेका छन । न्यायिक समितिमा आउँने उजुरीलाई न्यायसम्मत समाधान गर्न कानुनी सल्लाहकार वा अधिबक्ताको आबश्यकता रहेको दुहु गाउँपालिका उपप्रमुख एबं न्यायिक समिति संयोजक इश्वरी जोशीको माग छ ।

कानूनी अज्ञानताका कारण आफ्नो अधिकार क्षेत्र र न्याय सम्पादनमा समितिका पदाधिकारीहरु पोख्त भइसकेका छैनन । उजुरीको चाङ लाग्न थालेपनि भौतिक पुर्बाधारदेखी कानूनी ज्ञानको अभाबमा समितिलाइ न्याय सम्पादनमा निकै कठिन भइरहेको हो । न्यायिक समितिहरुलाइ अधिकार क्षेत्रको बिषयमा पुर्ण जानकारी, कानुनको अद्ययन र बिज्ञता हासील नहुदासम्म प्रतेक स्थानिय तहमा कानुनी सल्लाहकारको ब्यबस्था गर्नुपर्ने आबश्यकता रहेको अधिबक्ता धिरेन्द्र साउँदको भनाइ छ ।

राजनीतिक पृष्ठभुमिबाट निर्बाचित भएका जनप्रतिनिधिहरुले एक्कासी न्याय सम्पादन गर्नु पक्कैपनि धेरै सहज छैन । कानुनको कखरा सिकिरहेका समिति पदाधीकारीहरुलाइ उचित प्रशिक्षण, तालिम र सल्लाहकारको ब्यबस्था गर्न सके नागरीकले उचित न्यायको अनुभुति गर्न पाउँनेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य